आज मितिः २०८२ असार २५ गते

सम्पादकीय: नुनमा विष? – राज्यको लापरवाहीले जनस्वास्थ्य संकटमा

नेपालमा आयोडिनयुक्त नुनमा WHO सिफारिसभन्दा तीन गुणा बढी आयोडिन पाइएपछि जनस्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको छ। Salt Trading Corporation ले ५० ppm आयोडिन मिसाउने गरे पनि WHO को सिफारिस १५–४० ppm मात्र हो। यसले नेपालीहरूमा थाइराइड, उच्च रक्तचाप र मुटु रोगजस्ता समस्याहरू बढाएको छ।

सरकारले २०५५ सालमा बनाएको आयोडिनयुक्त नुन ऐन २६ वर्षपछि मात्र लागू गरेको छ, जुन लापरवाहीको स्पष्ट संकेत हो। २०१६ को सर्वेक्षण अनुसार, ६८% नेपालीले सिफारिसभन्दा बढी आयोडिन सेवन गरिरहेका छन्। २०२६ मा हुने नयाँ सर्वेक्षणपछि मात्र आयोडिनको मात्रा घटाउने निर्णय गरिने भनिएको छ, तर त्यसबेलासम्म धेरै ढिलो भइसकेको हुनेछ।

सरकारले तुरुन्तै आयोडिनको मात्रा घटाउने, गुणस्तर नियमन कडा गर्ने र दोषीमाथि कारबाही गर्ने कदम चाल्नुपर्छ। जनस्वास्थ्यसँग सम्झौता गर्ने कुनै पनि लापरवाही अब स्वीकार्य छैन। जनताले सरकारसँग जवाफ माग्नुपर्छ,किन हाम्रो स्वास्थ्यलाई जोखिममा पारिएको छ?

By कुशल भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.