आज मितिः २०८३ बैशाख ५ गते

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्रको दबाब

काठमाडौं, जेठ १२ — भिजिट भिसाको आवरणमा भएको मानव तस्करी काण्डमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि नेकपा (माओवादी केन्द्र)ले उनीसँग राजीनामाको माग गरेको छ।

सोमबार खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले छानबिनलाई निष्पक्ष, स्वतन्त्र र पारदर्शी बनाउन गृहमन्त्री लेखकले पदत्याग गर्नुपर्ने निष्कर्ष निकालेको हो।

बैठकले गृह मन्त्रालयबाटै यस्तो आपराधिक गतिविधि भएको आरोप गम्भीर भएको भन्दै अनुसन्धानको मार्ग खुला गर्न नैतिक जिम्मेवारीका आधारमा मन्त्रीले राजीनामा दिनु उचित ठहर गरेको छ।

पार्टी स्रोतका अनुसार माओवादी केन्द्र सरकारको नेतृत्वकर्ता पार्टीका हैसियतले सरकारले जनउत्तरदायी चरित्र प्रदर्शन गर्नुपर्ने र दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन नछोड्ने अडानमा रहेको छ।

माओवादी केन्द्रको यस निर्णयले सरकारभित्र नैतिकता र जवाफदेहिताको बहस चर्किएको छ भने गृहमन्त्री लेखक थप दबाबमा परेका छन्।

By कुशल भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.