आज मितिः २०८३ बैशाख ६ गते

अखिल नेपाल महासंघ चितवनद्धारा ध्यानाकर्षण

चितवन-

अखिल नेपाल महासंघ चितवनद्धारा जिल्लाका विभिन्न निकायलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । गत बैशाख ३० गते देखि जेठ २ गतेसम्म आएको हावाहुरीका कारण विभिन्न फलफुल तथा वालीनालीमा असर गरेकोमा महासंघ चितवनद्धारा ध्यानाकर्षण गराईको हो ।

 

महासंघले आईतवार जिल्ला कृषि विकाश कार्यालय, भरतपुर महानगर पालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाईको हो ।

अखिल नेपाल महासंघ चितवनका अध्यक्ष सिपी अधिकारी तथा ईन्चार्ज दुर्गा दत्त पौडेलद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा किसानले वालिको उत्पादन लिने वेलामा हावाहुरीले गर्दा किसानहरु मर्कामा परेको जनाईएको छ ।

यस सन्धर्भमा सम्बन्धित पालिका मार्फत विवरण लिएर आवश्यक क्षतिपुर्तिको लागि सरकार समक्ष पुराउन माग गरिएको छ ।

बैशाख ३० गते देखि जेठ २ गतेसम्म आएको हावाहुरीका कारण केरा, मकै, लिचि तथा तरकारी बालीमा ठूलो क्षती पुगेको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.