आज मितिः २०८३ बैशाख ५ गते

स्वतन्त्र, निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ : माओवादी 

काठमाण्डौं-
प्रमुख प्रतिपक्षी दल माओवादीले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्री पदमा हुँदा अनुसन्धान प्रभावित हुन सक्ने भन्दै राजीनामा मागेको हो । माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको बताए ।

‘अध्यागनमार्फत नेपालीलाई भिजिट भिसामार्फत विदेश पठाउने कार्यमा गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,’ उनले भने, ‘राज्यका निकायले छानबिन सुरु गरिसकेको स्थितिमा स्वतन्त्र, निष्पक्ष छानबिनका लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ ।’ राजीनामा दिन ढिला गर्दा मुलुकको साख गिर्ने निष्कर्ष माओवादीले निकालेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.