आज मितिः २०८३ बैशाख ५ गते

मकवानपुरमा बसको ठक्करबाट तीनको ज्यान गयो,चार जना घाइते

मकवानपुर –

 

मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

सोमबार बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ भने अरु घाइतेहरुको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.