अर्घाखाँचीमा सवारी दुर्घटना हँदा सात जनाको मृत्यु
अर्घाखाँची सन्धीखर्क नगरपालिका-१० ढुङ्गे देउरालीस्थित सडकमा अर्घा मन्दिरबाट सन्धीखर्कतर्फ जाँदै गरेको लु.६० प ९७८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक स्याङ्जा वालिङ नगरपालिका-८ बस्ने ६० वर्षीय डम्बर बहादुर खत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोरङ, सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलस्थित सडकमा डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका(९ बस्ने २० वर्षीय साहवन आलमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर…