आज मितिः २०८३ बैशाख ९ गते

चितवनको जिएसटि कलेजको आयोजनामा ´ब्रेन ड्रेन टु ब्रेन गेन´बिषयक प्यानल डिस्कसन हुँदै

Uddar News

रत्ननगर-

 

पुर्वी चितवनको रत्ननगर-१, निपनी स्थित जि.एस.टी.कलेजको आयोजनामा `लन्चप्याड सेलेब्रेटिङ्ग सक्सेस चार्टिङ फ्युचर्स´कार्यक्रम हुने भएको छ । स्थानीय शिक्षालाई विश्वव्यापी सफलतामा रुपान्तरण गर्ने उद्देश्य सहित सो कार्यक्रमको आयोजना गरिएको हो।

 

सो कार्यक्रम अन्तर्गत “ब्रेन ड्रेन टु ब्रेन गेन: टर्निङ लोकल एजुकेसन ईन्टु ग्लोवल एक्सेस” शीर्षकमा प्यानल डिस्कसन संचालन हुनेछ। रत्ननगर-१,निपनीस्थित होटल स्टारमा भोलि साउन २९ गते बिहीवार बिहान ११:३० बजे देखि संचालन हुने प्यानल डिस्कसन कार्यक्रममा प्यानलिष्टका रुपमा न्यू क्यापिटल कलेजका प्राचार्य तथा हिसानका केन्द्रिय सदस्य भुपेन्द्र धिताल, स्काइराइडर स्कुलका प्राचार्य तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी र नेपाल आदर्श शिक्षा सदनका अध्यक्ष आई. पि. लामिछाने रहने छन भने कार्यक्रमको सहजिकरण इ.सागर कार्किले गर्नेछन ।

 

सो प्यानल डिस्कसन मार्फत नेपालबाट हुने ब्रेन ड्रेन रोक्ने र स्थानीय शैक्षिक श्रोत तथा प्रतिभालाई देशको विकासमा प्रयोग गर्ने उपाय बारे वृहत अन्तर्कृया हुने कलेजका प्राचार्य राजकुमार दाहालले बताउनुभयो । लाईभ म्युजिक विथ स्नाक्स सहितको सो कार्यक्रममा पूर्वी चितवनका विभिन्न कलेजमा अध्ययनरत हाल कक्षा १२ उतिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरिने प्राचार्य दाहालले जानकारी गराउनुभयो।

 

जिएसटी कलेजले पूर्वी चितवनमा नै पहिलो पटक नयाँ शैक्षिक सत्रका लागि यसै बर्ष देखि चार वर्षीय बिबिए कार्यक्रम सुरू गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जिएसटी कलेजले बिबिए अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि दुई सेक्सनमा ६६ सिट कोटाको बिबिए कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.