आज मितिः २०८३ बैशाख ९ गते

पुष्पाञ्जली अस्पताल र बिद्युत व्यवसायी संघ चितवनबीच उपचार सहुलियत सम्बन्धी समझौता

चितवन-

भरतपुर–१० स्थित पुष्पाञ्जली अस्पताल प्रा.लि., बिद्युत व्यवसायी संघ चितवन र बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. चितवनबीच एक आपसी समझदारीमा आधारित उपचार सहुलियत सम्बन्धी करारनामा तथा शर्तनामा सम्पन्न भएको छ।

एक विशेष कार्यक्रमबीच भएको सम्झौतामा पुष्पाञ्जली अस्पतालका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका अध्यक्ष श्री विष्णुप्रसाद चालिसे, बिद्युत व्यवसायी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री डोलराम न्यौपाने को उपस्थितिमा दस्तखत गरिएको हो।

समझौता अनुसार, चितवन जिल्लाका बिद्युत व्यवसायी संघका पदाधिकारी, व्यवसायिक सदस्य, कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले पुष्पाञ्जली अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार सेवामा २५% सम्म छुट पाउने छन्। छुट सेवा लिन आउँदा संस्थाको परिचय पत्र वा आधिकारिक पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

हस्पिटलबाट प्रवाह हुने सेवाहरू जस्तै बेड चार्ज, ल्याब टेस्ट, ईसीजी, इको, भिडिओ एक्सरे, एक्सरे आदि सेवामा २५% छुट, साथै अप्रेशन, बडि स्क्यान तथा क्याबिनमा १०% छुट दिइनेछ। औषधिमा ७% छुट प्रदान गरिनेछ।

सदस्यहरूको सामाजिक इकाईमा दर्ता गरी हरेक ६/६ महिनामा सदस्य थपघट, सेवा सुविधाको समिक्षा लगायत विषयमा बैठक गरिनेछ। साथै, आवश्यकताअनुसार स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा सचेतनामूलक कार्यक्रमहरू संचालन गरिने प्रावधान पनि सम्झौतामा उल्लेख गरिएको छ। अस्पतालले टेलीमेडिसिनमार्फत उपचारमा सहजीकरण गर्नेछ।

सम्झौता दुवै पक्षको हस्ताक्षर भएको मितिबाट लागू हुनेछ र यसको अवधि दुई वर्ष हुनेछ। भविष्यमा आपसी समझदारीका आधारमा सेवा सुविधा थप गर्न सकिनेछ।

सम्झौता कार्यक्रममा अस्पतालका सामाजिक सेवा इ. प्रमुख  श्री केदारप्रसाद सुवेदी, पुष्पाञ्जली अस्पतालका सामाजिक सेवा प्रमुख तथा सूचना अधिकारी वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारी, बिद्युत व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष नवराज सुवेदी, बोर्ड सदस्य तथा सामाजिक विभाग प्रमुख तेजनारायण खरेल लगायतको सक्रिय उपस्थिति रहेको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.