काठमाडौँ
सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गर्न लमजुङ प्रहरीले बेंसीसहरस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पदमबहादुर रावतलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले राउतलाई आइतबार बेंसीसहरबाट पक्राउ गरिएको जनाएको छ । उनी बेंसीसहर कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तत्कालीन व्यवस्थापक, अध्यक्ष तथा लेखा समितिका पदाधिकारी रहेको प्रहरीले जनाएको छ ।
लमजुङ जिल्ला अदालतको अनुमतिमा प्रहरीले ‘सहकारी ठगीसम्बन्धी मुद्दा’मा बेंसीसहरमा कार्यालय रहेको सुनौलो भविष्य बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष ऋषिराम अधिकारीसहित १७ जनालाई साउन ५ गते र पछि केही दिनअघि १ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।