दुबई-
दुबईमा महालक्ष्मी बचत तथा सहकारीले गर्न लागेको तीज धमकाको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने र यसको लागि सबै कामहरू पूरा भएको आयोजकले जानकारी दिएको हो।
कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने छ । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने जनाएको छ ।
कलाकारहरु शनिवार दुबई एअरपोर्टमा आउने र स्वागतको लागि एअरपोर्ट जाने, कार्यक्रम स्थल र व्यवस्थापन पनि पूरा भएको संयोजक इन्द्रमणि बेलबासे, सह संयोजक कृष्ण श्रेष्ठ तथा ऋण समिति संयोजक दिनेश गौतमले बताउनु भयो ।
स्थानीय गायक बाबुराम परियार, तथा सरु कोईराला र मिना भण्डारीको बेजोड नृत्य रहने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई प्रचार प्रसार विभागका रमेश विसीले संञ्चालन गर्नेछन् । कार्यक्रममा प्रबेश शुल्क ३५ दिराम राखिएको छ । विहान १२ बजेदेखि बेलुकी साढे छ बजेसम्म कार्यक्रम संञ्चालन हुनेछ ।
कार्यक्रममा आर्थिक समिति संयोजकमा दिनेश गौतम, प्रचार प्रसार संयोजकमा गणेश राना तथा सीमा रेग्मी, स्वयं सेवक संयोजकमा नारायण बन्जाडे लागायत हुनुहुन्छ ।
कार्यक्रमको अफिसियल मिडिया उद्धार न्यूज डटकम रहेको छ भने यसको फेसबुक पेज उद्धार मिडियाले प्रतक्ष्य प्रसारण गर्नेछ ।
कार्यक्रमलाई गोरखा ट्राभल्सले मुख्य प्रयोजन गरेको छ भने रोयल एभरेष्ट ट्राभल्सले सह प्रायोजन गरेको छ । लुम्बिनी गेस्ट हाउस होस्ट रहेको छ भने सोल्टी बजार, डे लाइट फुड स्टफ, हिमालयन जेवलर्स, घा नतुक रेष्टुरेन्ट, कोसेली ट्राभल्स एन्ड टुरिजम प्रायोजन रहेको छ भने विभिन्न संघसंस्था र व्यवसायी तथा व्यक्तिगत रुपमा पनि आर्थिक रकम सहयोग रहेको आयोजकले बताएको छ ।