आज मितिः २०८३ बैशाख ५ गते

हुन्डी र क्रिप्टोसंगै मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता

ललितपुर –

ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदनका आधारमा ८ जनाविरुद्ध ठगी, लिखत, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा आइतबार सरकारी वकिल कार्यालयले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो।

 

बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीविरुद्ध मुद्दा दर्ता भएको हो। यस्तै हाल फरार रहेका ५ जनालाई पनि उक्त मुद्दामा प्रतिवादी बनाइएको छ।

 

फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योती गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदिप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अरामलाई प्रतिवादी बनाइएको छ।

उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको आरोप छ। यस्तै उनीहरूकै मिलेमतोमा कम्बोडियाबाट पार्सल ३३ करोड ११ लाख रुपैयाँ पठाएको छ भन्दै उक्त रकम निकाल्न कमिसनबापत भन्दै थप ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेको आरोप छ।

 

यो समेत गरेर ठगीमा १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको छ। सुवास खत्री र अर्जुन आरमलाई हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएको छ। उनीहरूले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको अभियोग पत्रमा दाबी गरिएको छ।

 

सुवास खत्रीलाई क्रिप्टो कारोबारमा २ हजार १४९ अमेरिकी डलर ९करिब ३ लाख रुपैयाँ० को कारोबार गरेको आरोप छ। उनलाई उक्त कसुरमा पनि प्रतिवादी बना

इएको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.