आज मितिः २०८२ कार्तिक २३ गते

नेपाली राजदुतावास युएईले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा सय बढीले लिए सुविधा दुबई

दुबई-

नेपाली राजदुतावास युएईले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सय भन्दा बढीले सेवा लिएका छन् ।

युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको लागि नेपाली राजदूतावास, अबुधाबीले भदौ २ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

उक्त शिविरमा सेवाग्राहीलाई एल एल एच अस्पताल आबु धाबीबाट आउनु भएका डाक्टर तथा नर्सहरुसहितको स्वास्थ्यकर्मीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।

 

स्वास्थ्य परीक्षणका अवसरमा, सुगर, प्रेसर, दाँत को चेक जाँच तथा फिजिसियनद्वारा कन्सुलेसन् उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यकर्मीहरूले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउनु भएको थियो।

 

उक्त कार्य्रममा काउन्सेलर तथा उपनियोग प्रमुख रन्जिता दाहालले श्रम, राहदानी तथा कन्सुलरसँग सम्बन्धित विषयमा जानकारी दिनु भएको थियो।

 

राजदूतावासले सेवा प्रवाहसँगै यूएईमा कार्यरत नेपालीहरुलाई शारिरिक तथा मानसिक स्वास्थ्य र श्रम सम्बन्धी विषयहरुमा समयसमयमा कार्यक्रमहरु संचालन गर्दै आएको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.