दुबई –
दुवईको वर दुबईमा नयाँ सामग्री सहित होलसेल तथा खुद्रा जे एण्ड डि ज्वेलरी पसल सञ्चालनमा आएको छ। पसल एक कार्यक्रमको बिचमा नेपालकी लोक तथा दोहरी गायिका टीका सानुले उद्घाटन गर्नु भएको हो ।
काठमाण्डौको सप नम्बर २६ पछि अब विदेशमा पनि सुरु गरिएको सञ्चालिका मिनु शर्मा सपनाले बताउनु भयो । उहाँका अनुसार अब दुबई सहरमा राशि अनुसारको सम्पूर्ण गरगहना उपलब्ध हुने छन् ।
नेपालमा पहिलो पटक सक्कली मोतिका मालाहरु भित्र्याउन आफूले चाइना यु र भारतको जयपुर हुँदै नेपालको ७७ जिल्लामा नै होलसेलमा जाने गरेको उहाले बताउनु भयो । सामाजिक क्षेत्रमा पनि उत्तिकै रुचि राख्नुहुने सपनाले आफ्नो पसलमा राशि अनुसारकाऔँठी,मोती,रुद्राक्ष,पोते,पञ्चाधातुका गहना लगायत सम्पूर्ण सामान पाइने जानकारी दिनु भयो ।
काठमाण्डौको शंखमुलमा जन्मनु भएको सपनाले भारतको लखनउमा बिहे गर्नु भएको थियो। आफू भारतीय मूलको भएकोले नेपालदेखि युकेसम्म निकै सास्ती खेप्नु परे पनि आफूले लाखौंको सामान होलसेलमा लैजान सफल भएको बताउनु भयाे ।
सबैसँग मिजासिलो व्यवहार गर्नुहुँदै आफ्नो व्यवसायलाई प्रवर्दन गर्न उहाँले सपना शर्मा नामक टिकटकबाट हजारौको मायाँ पाउनु भएको छ । टंक बुढाथोकीको मन बिनाको धन चलचित्रको निर्माता समेत रहनु भएकी सपनाले सबैले एक पटक आफ्नो पसलमा भिजिट गर्न आग्रह गर्नु भएको छ ।