आज मितिः २०८३ असार ६ गते

समाचार

पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं-   पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा सवारी पास हुनेक्रममा गिरुवारी खोलाको पुल भासिएको छ। पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा रातभर यातायात अवरुद्ध भएको थियो। तर, बिहान भने डाइभर्सन प्रयोग गरेर यातायात सञ्चालनको तयारी गरिएको छ। प्रहरी कार्यालय नवलपुका अनुसार खोलामा पानी कम भएकाले वैकल्पिक बाटो बनाएर साना सवारी साधन सञ्चालन गरिएको छ। तर, ठूला र धेरै लोड भएका गाडी भने बाटोमै रोकिएका छन्। यसअघि दुम्कीवासको फलामे पुल पनि भाँचिएको थियो। यसैगरी बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा पनि सडक अवरुद्ध भएको छ। वर्षाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो। इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको…
Read More
गोरखा चितवन पत्रकार समाजद्धारा गोरखाको विभिन्न स्थानको भ्रमण, गोरखाको बिकासमा हातेमालो गर्ने प्रतिबद्धता

गोरखा चितवन पत्रकार समाजद्धारा गोरखाको विभिन्न स्थानको भ्रमण, गोरखाको बिकासमा हातेमालो गर्ने प्रतिबद्धता

चितवन- गोरखाको बिकास र प्रचार प्रसारका लागि गोरखा चितवन पत्रकार समाज गोरखाका स्थानीय तहरुसंग हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ । गोरखा चितवन पत्रकार समाजले आयोजना गरेको अवलोकन भ्रमणमा बोल्दै गोरखा चितवन पत्रकार समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक शान्ता अधिकारीले गोरखाको बिकास र प्रचार प्रसार गर्न गोरखा चितवन पत्रकार समाज गोरखाको भ्रमणमा आएको बताउनु भयो । गोरखा नगरपालिकाले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले समाचारसंगै सम्बन्धको यात्रामा गोर्खा भ्रमणमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी जन्मे हुर्केको ठाँउको हामीलाई छुट्ै माया छ । जन्म स्थानको मायाले डोराएर ल्याएको छ। हामी विभिन्न कारणले गर्दा जन्मेहुर्केको ठाउँ छोडेर छिमेकी जिल्ला जान परे…
Read More
देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ। त्यसैगरी, आज राति देशको पहाडी भागमा आंशिक…
Read More
एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश निषेध, विवाद चुलियो

एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश निषेध, विवाद चुलियो

काठमाडौं, वैशाख २६ — अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश गर्न नदिइएपछि विवाद उत्पन्न भएको छ। एन्फाको कार्यालय परिसरमा थापाले प्रवेशको प्रयास गरेपछि सुरक्षा कर्मचारीहरूले उनलाई प्रवेश गर्न रोक लगाए, जसपछि तातो बहस र बिवाद सिर्जना भएको हो। गणेश थापाले आफ्नो पूर्वाधिकारको दाबी गर्दै सभामा सहभागिता जनाउन खोजेका थिए, तर एन्फा द्वारा थापाको प्रवेश निषेध गरिएको कारण विभिन्न आरोप र प्रत्यारोपका साथ विवाद चुलियो। थापाले एन्फाको हालको नेतृत्वविरुद्ध आरोप लगाउँदै, आफूलाई अन्यायपूर्वक बाहिर राखिएको दाबी गरेका छन्। थापालाई प्रवेश नदिएको एन्फा प्रशासनको तर्क भने यो थियो कि थापाको फिफा द्वारा लागु गरिएको प्रतिबन्ध अझै समाप्त…
Read More
रक्त क्यान्सर रोगले पीडित प्रजितालाई सहयोगको अपिल

रक्त क्यान्सर रोगले पीडित प्रजितालाई सहयोगको अपिल

चितवन- गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं ५ खज्याङ निवासी ८ बर्षीय प्रजिता श्रेष्ठको उपचारको लागि आर्थिक सहयोगको अपील गरिएको छ ।   प्रकास श्रेष्ठ तथा रन्जना अर्याल श्रेष्ठकी एकमात्र छोरी प्रजिता विगत पाँच महिनादेखि रक्त क्यान्सर रोगले पीडित छिन् । सामान्य आर्थिक अबस्थाका श्रेष्ठ दम्पतीले छोरीको जीवन रक्षाको लागि सहयोगी महानुभावहरुमा आग्रह गरेका छन् । काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचाररथ प्रजिताको थप उपचारमा आर्थिक अभाव भएको उनका बुवा प्रकासले जानकारी दिए ।   अहिले सम्म छोरीको उपचार गर्दा १२ लाख रुपैया खर्च भइसकेको भन्दै आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको बताए । डाक्टरको सल्लहा बमोजिम उनलाई तीन बर्ष…
Read More
रेशम चौधरी प्रकरणमा सरकारको पूर्वाग्रह छैन : गृहमन्त्री लेखक

रेशम चौधरी प्रकरणमा सरकारको पूर्वाग्रह छैन : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा संसदलाई जानकारी दिँदै सरकारले कुनै पूर्वाग्रह राखेर होइन, अदालतको आदेश मानेर कानुन कार्यान्वयन गरिएको स्पष्ट पारेका छन्। उनका अनुसार, सर्वोच्च अदालतका एक शाखा अधिकृत महिमानसिंह विष्टले अदालतको आदेशझैँ देखिने पत्र लिएर प्रहरी कार्यालय पुगेपछि प्रहरी महानिरीक्षकले त्यसलाई वैध ठानेर चौधरीलाई पक्राउ गराएका थिए। पछि सो पत्र अदालतको आधिकारिक नभएको खुलेपछि चौधरीलाई तुरुन्त रिहा गरिएको हो। गृहमन्त्रीले अनधिकृत पत्र लेख्ने अधिकृतविरुद्ध कीर्ते, झुटा जानकारी र आदेशको अवज्ञाजस्ता आरोपमा अनुसन्धान भइरहेको जानकारी पनि दिए। साथै, यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई सचेत रहनुपर्नेमा उनले जोड दिए।
Read More
पूर्व सांसद गंगा चौधरी राजसंस्थाको समर्थनमा सक्रिय

पूर्व सांसद गंगा चौधरी राजसंस्थाको समर्थनमा सक्रिय

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) बाट समानुपातिक प्रणालीअन्तर्गत सांसद बनेकी गंगा चौधरी  हाल राजसंस्थाको पुनर्स्थापनाको पक्षमा खुलेर लागेकी छन्। २०७९ सालको निर्वाचनमा दाङ क्षेत्र नं. १ बाट उम्मेदवारी दिन खोज्दा टिकट नपाएपछि उनी एमालेबाट अलग भइन् र स्वतन्त्र उम्मेदवारको रूपमा चुनाव लडेकी थिइन्। तर, चुनावमा पराजित भएपछि उनले एमाले पार्टी परित्याग गरिन् र राजसंस्थाको समर्थनमा सक्रिय भइन्। चौधरीको राजनीतिक यात्रा विभिन्न पार्टीहरू हुँदै आएको छ। उनी पहिले थारुहट तराई पार्टी नेपालबाट समानुपातिक सभासद् बनेकी थिइन्। त्यसपछि नयाँ शक्ति पार्टीमा आबद्ध भइन् र अन्ततः एमालेमा प्रवेश गरेकी थिइन्। हाल उनी राजसंस्थाको समर्थनमा सक्रिय भएकी छन्। हालै भैरहवामा आयोजित पूर्वराजा…
Read More
शौचालयमा लडेर प्रचण्ड घाइते

शौचालयमा लडेर प्रचण्ड घाइते

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन् । सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ । राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । अवस्थामा सामान्य रहेको उनले जानकारी दिएका छन् ।
Read More
पहाडी भागका एकदुई स्थानमा बाहेक देशका अधिकांश भागमा आज मौसम सफा रहने

पहाडी भागका एकदुई स्थानमा बाहेक देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं- हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी प्रदेशलगायत मुलुकका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि…
Read More
प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानहरूमा, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक(दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.