कतार पठाइदिन्छु भन्दै १० लाख रुपैयाँ लिने एक जना पक्राऊ
काठमाण्डौ - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै १० लाख रकम ठगी गर्ने एक जना पक्राऊ परेका छन् । ठगी अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४ वर्षीय आनन्दकुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । आनन्दकुमारले कतार पठाइदिन्छु भन्दै एकजना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका- ७ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।