आज मितिः २०८३ भाद्र २९ गते

समाचार

राप्रपा नेपाल मकवानपुरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने

राप्रपा नेपाल मकवानपुरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने

चितवन- आज आइतवार राप्रपा नेपाल मकवानपुरले पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने भएको छ । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई भब्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए । पार्टी जिल्ला समितिको बैठकले तयारीका लागि जिम्मेवारीको पनि बाँडफाँट भएको उनले बताए । ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौं’, जिल्ला अध्यक्ष सापकोटाले भने । पूर्वराजा शाहलाई आइतबार दिउँसो १२ बजे हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने कार्यतालिका रहेको छ । त्यसपछि उनी हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र हेटौंडा–१०…
Read More
हत्या गरेर फरार दुई अभियुक्त पक्राउ

हत्या गरेर फरार दुई अभियुक्त पक्राउ

काठमाडौं- बोक्सी आरोपमा हत्या गरेर फरार रहेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए ।   उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।   हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको एसपी केसीले बताए । प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।  
Read More
नेपाल मेड नेपालले डाक्टरलाई मासिक थप एक लाख भत्ता दिने

नेपाल मेड नेपालले डाक्टरलाई मासिक थप एक लाख भत्ता दिने

जाजरकोट– भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ। कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले बताएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जाजरकोट अस्पतालमा डाक्टर पठाउने व्यवस्था मिलाउन थप भत्ता मिलाउन उक्त संस्थासँग पहल गरेकी थिइन्। डाक्टर समेत रहेकी सांसद कार्की…
Read More
हुण्डी र क्रिप्टो कारोबारी अग्रवाल पक्राउ

हुण्डी र क्रिप्टो कारोबारी अग्रवाल पक्राउ

काठमाडौं-   हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवाल पक्राउ परेका छन्। अग्रवाल सहित ३ जनालाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोडबाट पक्राउ गरिएको हो। अग्रवालको समूहले हुण्डी र क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको सूचना आएपछि राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट २ करोडभन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको छ। उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका छ। बिहीबार पक्राउ परेका बाँकी दुई जनाको भने परिचय खुलाइएको छैन। अग्रवालले क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए।-फाईल तस्वीर  
Read More
गायक तथा संगीतकार योगेश वैद्यको निधन

गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं- वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति साढे १२ बजे निधन भएको छ। बिहीबार दिउँसो स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भ्याली अस्पताल लगिएको थियो। ७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र सङ्गीतकार हुन्। नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन्। यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन्। वैद्यले हालै गंकी वसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए। १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल…
Read More
गठ्ठाघरबाट १५ लाख रुपैयाँ घूससहित वडाध्यक्ष पक्राउ

गठ्ठाघरबाट १५ लाख रुपैयाँ घूससहित वडाध्यक्ष पक्राउ

काठमाडौं-   १५ लाख रुपैयाँ घूससहित बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएको आरोपमा अध्यक्ष बादेलाई पक्राउ गरेको हो। उनलाई घूस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको छ।
Read More
पर्यटकको घुईँचो कालिञ्चोकमा, हिमपातले सेताम्मे

पर्यटकको घुईँचो कालिञ्चोकमा, हिमपातले सेताम्मे

दोलखा- दोलखाको कालिञ्चोकसहित उच्च हिमाली क्षेत्रमा पर्यटकको घुईँचो लाग्न थालेको छ । यहाँ चिसो बढेपछि मंगलबार दिउँसोदेखि हिमपात हुन थालेको हो । निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिञ्चोक, जिरी, शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात हुन थालेको छ। कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो। हिउँदमा सधैँ पर्यटक भरिभराउ हुने कालिञ्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन। दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको कालिञ्चोकको प्रवेश बजार कुरीबाट झण्डै एक किलोमिटर केबलकारमार्फत कालिञ्चोक भगवतीको मन्दिर भएको स्थानमा पुग्न सकिन्छ।  
Read More
दुबईमा प्रजील पराजुलीको करोड ठगी धन्दा

दुबईमा प्रजील पराजुलीको करोड ठगी धन्दा

दुबई- दुबईमा झापाका प्रजिल पराजुलीले करोड रुपैया ठगी गरेको खुलासा भएको छ । उनले पिरामीड शैलीमा ठगी गर्दै आएको पिडितहरुले बताएका छन् । पराजुलीसंग होसियार रहन भनि यतिबेला दुबईमा सामाजिक संञ्जालमा सूचना नै जारी गरेका छन् । पिडितहरुले करोडौं ठगीगरी, भारतमा महल खडा गरि दुबईमा फरार भएको उल्लेख गरेका छन् । उनिहरुले नेपाली भएर नेपालीलाई नै ठग्नु अपराध गरेको जनाएका छन् । हाल दुबईमा आफ्नो परिवार सगै बसेर नेपालीलाई ठग्ने ठुलो ठग प्रजिल पराजुली र साथमा मिलेमतोमा अर्का व्यक्ति अक्षय भट्टराई सग सबै होसियार रहन पिडितहरुले सूचनामा लेखेका छन् । पराजुलीले युरोपको सपना देखाई करिब ६० जना नेपालीलाई घरबाहर बिहिन…
Read More
त्रिशूलीमा खसेको बोलेरो भेटियो

त्रिशूलीमा खसेको बोलेरो भेटियो

चितवन-   नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तीन नम्बर पुल नजिकै त्रिशुली नदीमा खसेको बालेरो भेटिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी गर्दा बोलेरो गाडी भेटिएको मुग्लिन प्रहरीले जनाएको हो। गाडीमा मानिस भने नभेटिएको बताइएको छ। ​मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेटसमेत फेला परेको छ।
Read More
हुण्डी कारोबार गर्ने दुई जना सार्वजनिक

हुण्डी कारोबार गर्ने दुई जना सार्वजनिक

काठमाडौं-   नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५ का ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४ का ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनका अनुसार काठमाडौँ महानगरपालिका(२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो। प्रहरीले गौतमका साथबाट नेपाली रु। एक हजार दरका ६ सय थान नोट, र रु। पाँच सय दरको चार सय थान नोट गरी रु आठ लाख बरामद…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.