आज मितिः २०८३ बैशाख ८ गते

त्रिशूलीमा खसेको बोलेरो भेटियो

चितवन-

 

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत तीन नम्बर पुल नजिकै त्रिशुली नदीमा खसेको बालेरो भेटिएको छ । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजी गर्दा बोलेरो गाडी भेटिएको मुग्लिन प्रहरीले जनाएको हो।

गाडीमा मानिस भने नभेटिएको बताइएको छ। ​मंगलबार बिहान करिब ४:५० बजेतिर इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुल नजिकबाट गाडी खसेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि नेपाल प्रहरीसँगै उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार गाडी खसेको ठाउँमा भारतीय नम्बर प्लेटसमेत फेला परेको छ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.