आज मितिः २०८३ बैशाख ८ गते

पर्यटकको घुईँचो कालिञ्चोकमा, हिमपातले सेताम्मे

दोलखा-

दोलखाको कालिञ्चोकसहित उच्च हिमाली क्षेत्रमा पर्यटकको घुईँचो लाग्न थालेको छ । यहाँ चिसो बढेपछि मंगलबार दिउँसोदेखि हिमपात हुन थालेको हो ।

निरन्तर हिमपात भएका कारण कालिञ्चोक मन्दिरलगायत आसपासका पहाड र कुरी बजारसमेत सेताम्य भएको छ। जिल्लाको मुख्य पर्यटकीय स्थलका रूपमा चिनिने कालिञ्चोक, जिरी, शैलुङ खरीढुङ्गालगायतका क्षेत्रमा पनि हिमपात हुन थालेको छ।

कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो। हिउँदमा सधैँ पर्यटक भरिभराउ हुने कालिञ्चोकमा यो वर्ष हिमपात नहुँदा पर्यटकको चहलपहल खासै बढेको थिएन।

दोलखा सदरमुकाम चरिकोटबाट १८ किलोमिटरको दूरीमा रहेको कालिञ्चोकको प्रवेश बजार कुरीबाट झण्डै एक किलोमिटर केबलकारमार्फत कालिञ्चोक भगवतीको मन्दिर भएको स्थानमा पुग्न सकिन्छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.