आज मितिः २०८३ बैशाख ८ गते

दुबईमा प्रजील पराजुलीको करोड ठगी धन्दा

दुबई-

दुबईमा झापाका प्रजिल पराजुलीले करोड रुपैया ठगी गरेको खुलासा भएको छ । उनले पिरामीड शैलीमा ठगी गर्दै आएको पिडितहरुले बताएका छन् । पराजुलीसंग होसियार रहन भनि यतिबेला दुबईमा सामाजिक संञ्जालमा सूचना नै जारी गरेका छन् ।

पिडितहरुले करोडौं ठगीगरी, भारतमा महल खडा गरि दुबईमा फरार भएको उल्लेख गरेका छन् । उनिहरुले नेपाली भएर नेपालीलाई नै ठग्नु अपराध गरेको जनाएका छन् ।

हाल दुबईमा आफ्नो परिवार सगै बसेर नेपालीलाई ठग्ने ठुलो ठग प्रजिल पराजुली र साथमा मिलेमतोमा अर्का व्यक्ति अक्षय भट्टराई सग सबै होसियार रहन पिडितहरुले सूचनामा लेखेका छन् ।

पराजुलीले युरोपको सपना देखाई करिब ६० जना नेपालीलाई घरबाहर बिहिन बनाएको, ११ महिनादेखि नेपालको धनकुटा, संखुवासभा, भोजपुर, इलाम, बारा, पर्सा लगाएतका जिल्लाबाट भिजिट भिसामा दुबई ल्याएको, हरेक व्यक्तिसंग तीन लाख भन्दा बढि रकम असुलेको आरोप लगाएका छन् । उनिहरुले ठगेका पिडितहरु अहिले दुबईको बर दुर्ब सारजाहा, आबुदावि, देरा लगायतका स्थानमा अलपत्र अवस्थामा रहेका छन् ।

पराजुलीले अलपत्र पारेका युवाहरु कोहि सडकमा त कोहि विरामी परि अस्पतालमा समेत रहेको पाईएको छ । पिडितहरुले दुबईमा रहेका विभिन्न सामाजिक संघसंस्थालाई उद्धारको लागि अनुरोध गरेका छन् । ठगहरुलाई खोजतलास गरि संम्बन्धित निकायमा झीकाई कानुनि कार्बाहि गरी पिडितको उद्धारको लागि उनिहरुले संघसंस्था गुहारेका हुन् ।

पराजुलीले केहिको नगद लिएर आफ्नै नामको चेक समेत दिएका छन् । तर हाल सम्म रकम mिर्ता गरेका छैनन् । पिरामिड शैलीमा नेपाली युवाहरुलाई दुबईमा ल्याउने फरक ठगीको धन्दा उनले लामो समय देखि गर्दै आएका छन् ।

पराजुलीको यो ठगी धन्दाले अलपत्र परेका युवार पराजुलीलाई एनआरएनए दुबईका उपाध्यक्ष भिम मल्लले एनआरएनएको कार्यालयमा २१ तारीखआईतबार उपस्थिति हुन सामाजिक संञ्जाल फेसबुक स्टाटसबाट आग्रह गरेका छन् । तर पराजुलीले प्रयोग गर्ने दुबै +971565415444,+971559619265 सम्पर्क मोवाईल नम्बरमा फोन लाग्दैन ।
उनले ग्रीन हिमालय क्लिनिङ सर्भिस मार्फत भिषा लगाई युवाहरुको क्रेडिट कार्ड तयार गरि लोन लिएर उनिहरुको विचल्लि बनाएका छन् ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.