आज मितिः २०८३ बैशाख ८ गते

पिडितको उद्धारमा दुबईको जेएमसि

रवि भट्ट /दुबई-

 

देश वा विदेशमा कुनै व्यवसायमा लागेर मनग्य आम्दानि गर्नु, घर परिवार सुखि राख्नु, केही मनोरञ्जन गर्नु र आम्दानिको केही रकम समाजसेवामा लगाउनु स्वभाविकै हो । तर विदेशमा प्रतिस्पर्धात्मक व्यवसाय गरेर पनि पिडितहरुको उद्धार गर्नुमा खुशी रहेको बताउँछन् जेएमसिका संञ्चालक त्रय करण सेन ठकुरी, विजय श्रेष्ठ र फाल्गुणि पौडेल ।

दुबईको बरदुबईमा यी तीन युवाहरुले जेएमसि नामक एक कम्पनि संञ्चालनमा ल्याएका छन् । जेएमसि एक नाफामूलक व्यवसाय भए पनि उनिहरुले नेपालबाट दुवई आई अलपत्र परेकाहरुको लागि पनि केही उद्धार गर्ने सोच बनाएर प्रत्येक महिनाको अन्तिम हप्तामा एक जनालाई निशुल्क कागजात र हवाई टिकट उपलब्ध गराई नेपाल पठाउने गर्दछन् ।

यसको लागि दुई स्टेट दुबई र सारजाहाको भिषा भएकाहरुले निवेदन सहित आफूसंग भएको कागजपत्र लिएर जेएमसिको कार्यालय आउनु पर्नेछ ।

पिडित निवेदकले दुबईको शराफ डिजीको सिविडि भवनको तेस्रो तल्लामा सम्पर्क गर्न सकिने छ । पिडित भिजिट भिषामा हो वा कम्पनिको भिषामा आएर अलपत्र परेको हो दुबैले कुनै पनि गैर कानूनि वा दुर्व्यसनीमा लागेको प्रमाणित नभएको हुनु पर्नेछ ।

जेएमसि भिषा सर्भिसेसले भिजिट भिषा, ग्लोबल भिषा, पारिवारीक भिषा, डकुमेण्टेसन, ग्लोबल एअर टिकट, पासपोर्ट तथा श्रम नविकरण, दुबईको पुलिस रिपोर्ट र आउट पास, ईन्स्योरेन्स, सबै प्रकारका टाईपिङ लगायतका सुविधाहरु दिदै आएको छ ।

संञ्चालक त्रय ठकुरी, श्रेष्ठ र पौडेलले दुबईमा आउँदा आफू कस्तो काममा, कुन कम्पनिमा वा भिजिटमा आएर के गर्ने हो बुझेर आउनु पर्ने बताए । यहाँ नेपालीले नै नेपालीलाई ठगेकोले भिजिटमा आउँदा कस्तो व्यक्तिले के भनेर ल्याएको छ त्यो बुझ्नु जरुरी हुन्छ उनिहरुले सुझाए ।

दुईतीन लाख रुपैया तिरेर भिजिटमा आउने र यहाँ ल्याउने व्यक्तिले काममा लगाई दिन्छु भन्ने तर दुईचार दिनमा ल्याउने व्यक्ति नै फरार हुने धेरै छन् त्यसैले नेपालबाट आउँदा नै आफू सजग भएर आउन उनिहरुले जानकारी दिए ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.