काठमाडौं-
१५ लाख रुपैयाँ घूससहित बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश बादे पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घरबाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख घुस लिएको आरोपमा अध्यक्ष बादेलाई पक्राउ गरेको हो।
उनलाई घूस लिइसकेको अवस्थामा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ स्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
आरोपी अध्यक्षसँगै आएका बा ७ च १२९ नम्बरका कार चालक बाह्रबिसे घर भई भक्तपुरको दुवाकोट बस्ने पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको छ।