आज मितिः २०८३ बैशाख ८ गते

हुण्डी कारोबार गर्ने दुई जना सार्वजनिक

काठमाडौं-

 

नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-५ का ३९ वर्षीय भीमसेन गौतम र चितवन राप्ती नगरपालका-४ का ४२ वर्षीय राजु गौतम रहेको रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार काठमाडौँ महानगरपालिका(२२ महाबौद्ध क्षेत्रमा भीमसेन गौतम समेतका व्यक्तिले हुण्डीमार्फत वित्तीय कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो। प्रहरीले गौतमका साथबाट नेपाली रु। एक हजार दरका ६ सय थान नोट, र रु। पाँच सय दरको चार सय थान नोट गरी रु आठ लाख बरामद गरेको छ।

राजु गौतमको महाबौद्धस्थित कुमारी आर्केटको २०२ नंको राधाकृष्ण जनरल स्टोरबाट विभिन्न बैङ्क तथा सहकारीको १७ वटा चेकमा उल्लिखित रकम रु सात लाख ९७ हजार र नगद नेपाली रु एक हजार दरको ३९ थान नोट र पाँच सयका दरको एक हजार ७२ थान नोट गरी जम्मा रु पाँच लाख ७५ हजार फेला परेको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए।

-फाईल तस्विर

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.