काठमाडौं-
हुण्डी र क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा नरेश अग्रवाल पक्राउ परेका छन्। अग्रवाल सहित ३ जनालाई काठमाडौंको क्षेत्रपाटी र अन्य दुई जनालाई न्युरोडबाट पक्राउ गरिएको हो।
अग्रवालको समूहले हुण्डी र क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको सूचना आएपछि राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट २ करोडभन्दा बढी नेपाली रूपैयाँ र तीन हजार अमेरिकी डलर बरामद भएको छ।
उनी सुनको अवैध कारोबारमा समेत संलग्न रहेको आशंका छ। बिहीबार पक्राउ परेका बाँकी दुई जनाको भने परिचय खुलाइएको छैन।
अग्रवालले क्षेत्रपाटीमा कपडा पसल चलाउँदै आएका थिए।-फाईल तस्वीर