आज मितिः २०८३ बैशाख ८ गते

नेपाल मेड नेपालले डाक्टरलाई मासिक थप एक लाख भत्ता दिने

Uddar News

जाजरकोट–

भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पतालमा काम गर्ने डाक्टरलाई नेपाल मेड नेपाल नामक संस्थाले प्रति महिना तलबबाहेक थप एक लाख भत्ता दिने भएको छ।

कर्णाली प्रदेश सरकारले जाजरकोट अस्पतालका लागि नवौं तहको कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट सर्जन, कन्सल्टेन्ट अब्स्टेट्रिसियन एण्ड गाइनेकोलोजिस्ट, कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट चिकित्सक सेवा करारमा राख्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचना अनुसार करारमा काम गर्न जाने डाक्टरहरूलाई संस्थाले एक लाख भत्ता दिने अस्पताल विकास समिति जाजरकोटले बताएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले जाजरकोट अस्पतालमा डाक्टर पठाउने व्यवस्था मिलाउन थप भत्ता मिलाउन उक्त संस्थासँग पहल गरेकी थिइन्।

डाक्टर समेत रहेकी सांसद कार्की भूकम्पका बेला ३५ दिन जाजरकोटमै बसेर स्वास्थ्य उपचारमा खटिएकी थिइन्।
दुर्गम क्षेत्रमा करारमा काम गर्न डाक्टरहरूले चासो देखाउने गरेका छैनन्।

नेपाल मेड नेपाल स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने जर्मनीको संस्था हो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.