आज मितिः २०८३ बैशाख ८ गते

चितवनको रत्ननगरमा न्यानो कपडा वितरण

चितवन-

चितवनको रत्ननगर नगरपालिका वडा नम्वर(८ का विपन्न,ज्येष्ठ नागरिक,फरक क्षमता भएका र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको छ।

वडा कार्यलयले बढ्दो चिसोपनालाई मध्यनजर गरेर वडाका ज्येष्ठ नागरिक, फरक क्षमता भएका ब्यक्ति तथा एकल महिलालाई लक्षित गरी सम्मान स्वरुप न्यानो फाइबरको सिरक बितरण गरेको हो ।

बिहिवार वडा कार्यालयमा आयोजीत सो कार्यक्रममा विपन्न, ज्येष्ठ नागरिक,फरक क्षमता भएका ब्यक्ति तथा एकल महिला गरि ३५० जनाका लागि सो सामग्री वितरण गरिएको हो।

रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा ज्येष्ठ नागरिक ,एकल महिला तथा भिन्न क्षमता पहिचान उपभोक्ता समिती रनपा-८ का संयोजक शिव प्रसाद आचार्य सभाध्यक्ष रुपमा रहेका थिए।

सो अवसरमा कार्यालयले दलित समुदायको उद्यमशिलतामा सहजता दिने उद्देश्यले वडाका २ जनालाई आधुनिक आरनको मेशिन बितरण गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले भने  हाम्रा समाजका अनुभवका खानी हाम्रो ज्येष्ठ नागरिकलाई सम्मान र माया गर्नु हाम्रो संस्कार र दायित्व भएकाले स्थानिय सरकार यसमा कहिलै चुक्ने छैन।ू
विपन्न र ज्येष्ठ नागरिकहरुको लागि स्वास्थ्य केन्द्रमा निस्शुल्क सेवा र अस्पतालमा अति आवश्यक परेमा नगरपालिका सदैव तयार रहेको उनले बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा वडाध्यक्ष कृष्ण चौधरी त्यस्तैअतिथिहरुमा वडा सदस्यहरु बिष्णु प्रसाद आचार्य,दुर्गा विक,सीता अधिकारी र केदार कुमार श्रेष्ठ रहेका थिए।

कार्यक्रममा ज्येष्ठ नागरिक समन्व्य समिती,रनपा(८ को उपाध्यक्ष प्रेम कुमार थपलियाले स्वागत मन्तव्य राखेका थिए।
कार्यक्रम वडा सचिव रुप बहादुर पण्डित क्षेत्रीले संचालन गरेका थिए।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.