आज मितिः २०८३ बैशाख ८ गते

हत्या गरेर फरार दुई अभियुक्त पक्राउ

काठमाडौं-

बोक्सी आरोपमा हत्या गरेर फरार रहेको दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काभ्रेका ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगरलाई पक्राउ गरेको एसपी मिलन केसीले बताए ।

 

उनका अनुसार, २९ असोज २०६५ मा काभ्रेको तत्कालीन आम्बोटो गाविस–१ मा चमारसिंह मगर भनिने जनकबहादुरलाई कुटपिट गरेर उनीहरुले हत्या गरेका थिए ।

 

हत्यापछि फरार रहेका उनीहरुलाई खोजतलास गर्ने क्रममा पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको एसपी केसीले बताए । प्रहरीले १५ वर्ष पुरानो यो मामलामा थप अनुसन्धान गरिरहेको छ ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.