अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपा महामन्त्री ढकाल निलम्बित
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री एवं प्रवक्ता डा। मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहिन व्यवहार प्रदर्शन गरेकाले केन्द्रीय अनुशासन आयोगसँग परामर्श गरेर सात दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । महामन्त्री ढकालमाथि लिनुपर्ने कारवाही तथा असहज परिस्थितिको निराकरणका लागि आकस्मिक रुपमा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटालाई आमन्त्रण गरेर परामर्श गरिएको झाले बताए। महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दलसम्बन्धी ऐनको दफा १८, रास्वपा विधानको धारा ५५.७ क र ९ख तथा धारा ५६९१० तथा…