आज मितिः २०८३ बैशाख ८ गते

ललितपुरमा रहेको एक सहकारीका अध्यक्ष र सचिव सहित चारजना पक्राउ

काठमाडौं-

 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी अभियोगमा एक सहकारीका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित लालीगुराँस सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष काठमाडौँ महानगरपालिका–१३ घर भई सोही महानरपालिका–४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका–२ घर भई ललितपुर भैँसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटका ७५ वर्षीय अमृतकुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका–११ घर भई काठमाडौँ महानगरपालिका–६ चावहिल बस्ने ६१ वर्षीय कदमबाबा जोशी प्रधान रहेका छन्।

उनीहरूले आकर्षक ब्याज दिने र चाहिएका बेला जम्मा भएको रकम झिक्न मिल्ने भनी विश्वास दिलाइ सञ्चालकलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी निक्षेप अपचलन तथा ठगी गरेको अनुसन्धानका क्रममा खुल्न आएको कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनका अनुसार उक्त सहकारीमा २२ हजार बचतकर्ताको करिब रु ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ। प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.