आज मितिः २०८३ बैशाख ८ गते

रास्वपाबाट छानिए सात जना राजदूत

काठमाडौ‌-

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खुला आह्वानमार्फत् राजदूत बन्न आवेदन माग गरेकोमा २४० जनाले आवेदन दिएका छन्।

रास्वपाले राजदूत सिफारिसका लागि अनलाइन फारम र ईमेलमार्फत् आह्वान गरेको थियो। प्राप्त आवेदन मध्येबाट सात जनाको समावेशी सूची रास्वपाले तयार गरेको छ। यो सूची तयार गर्न सांसद शिशिर खनालको संयोजकत्वमा समिति गठन भएको थियो।

अन्तिम सूचीमा रहेका सात जनासँग आवश्यक छलफल गरी प्रस्तावित दुई जनाको नाम तय गर्न सभापति रवि लामिछानेले पार्टी उपसभापति स्वर्णिम वाग्ले र अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाललाई जिम्मा दिएका छन्।

सत्ता गठबन्धनले रिक्त राजदूतका लागि भागबण्डा गरेको थियो। केही दिनअघि नेकपा (एमाले) को कोटाबाट पाँच जना, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका तर्फबाट दुई जना र माओवादी केन्द्रबाट एक जना राजदूत सिफारिस भइसकेका छन्। रास्वपाले भने आफ्नो भागमा परेको दुई जना राजदूत छान्न सार्वजनिक आह्वान गरेर सुझाव मागेको हो।

 

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.