आज मितिः २०८३ बैशाख ६ गते

एमालेका सबै मन्त्रीले दिए राजीनामा

Uddar News

काठमाडौं-

नेकपा (एमाले)बाट सरकारमा सहभागी ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

पार्टीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनीहरुले राजीनामा दिएका हुन्।

एमाले अध्यक्षसहित मन्त्रीहरुले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा र समर्थन फिर्ताको पत्र बुझाएका हुन्। एमालेबाट प्रचण्ड सरकारमा रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरी कानुन न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा र भगवती चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री छन्।

यसैगरी राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि तथा सहकारी र बलराम अधिकारी भूमि व्यवस्थामन्त्री छन्।

एमालेको समर्थन फिर्तासँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ। गत सोमबार मध्य राति कांग्रेस र एमालेबीच नयाँ समीकरणको सहमति भएको थियो। प्रचण्ड सरकारमा सहभागी अन्य पार्टीका मन्त्रीहरुले भने राजीनामा दिएका छैनन्।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.