चितवन –
गोरखाको बगुवामा जन्म भई चितवनका विभिन्न भागमा बसोबास गर्ने बगुवालीहरुको संस्था बगुवा चितवन समन्वय समितिको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टको अध्यक्षतामा रत्ननगर उद्योग वाणिज्य संघको सभाहलमा शनिबार साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।
साधारण सभामा अध्यक्ष ठाकुर भट्टले संस्थाको कार्यक्रमको औचित्यता र विधान तथा संस्थाले गर्ने गतिविधिमाथि प्रकाश पारेका थिए । समितिका उपाध्यक्ष चन्द्र प्रसाद भट्टराईले उपस्थित सबैलाई स्वागत मन्तव्य राखेका थिए ।
एक सयभन्दा बढी सदस्यहरुको सहभागिता रहेको सभामा ऋषिराम भट्टराईको संयोजकत्वमा भएको निर्वाचन समितिले ठाकुरप्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, सचिवमा रविलाल भट्ट, सहसचिवमा डिल्लिराम भट्टराई, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, सदस्यहरुमा कविता न्यौपाने भट्टराई, तेजप्रसाद बन्जारा, सोमप्रसाद पाण्डे, गोकर्ण श्रेष्ठ, हरिप्रसाद भट्ट र बुद्धिप्रसाद ढकाल रहेका छन् ।
संस्थाले बगुवालीहरुको दुःखसुखमा सहकार्य गर्ने, समस्यामा परेका सदस्यहरुको लागि सहयोग र समन्वय गर्ने र आपसी भाइचाराको सम्बन्ध बढाई विविध सामाजिक कार्य गर्ने सचिव रविलाल भट्टले जानकारी दिए । कार्यक्रममा झनक पौडेल, रामेश्वर पोखरेल, रामजी प्रसाद भट्ट, हरि भट्ट, राम प्रसाद पोखरेल, गोकर्ण श्रेष्ठ लगायतले आप्mना भनाईहरु राखेका थिए ।