आज मितिः २०८३ असार २ गते

समाचार

लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत, २० मंगलबार काठमाण्डौ – वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलालाई १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो र कैद जरिबानाको माग गरेको अख्तियारले जनाएको छ ।
Read More
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलियो

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलियो

  आइतबार, चैत १९ तनहुँ- तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्तरुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो। सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।   सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान…
Read More
कारागारभित्र न्यायधीश राईको मृत्यु

कारागारभित्र न्यायधीश राईको मृत्यु

चैत्र १८, आइतबार, सुनसरी- सुनसरीको झुम्का कारागारभित्र ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ । पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको हो । कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन् । कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाइ सुभाष राईले माग गरे । न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतकका भाउजु उर्मिला राईले दाबी गरिन्। कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख…
Read More
हिजो हावाहुरी र चट्याङसहित वर्षा, आज पनि देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षा

हिजो हावाहुरी र चट्याङसहित वर्षा, आज पनि देशका पहाडी भू–भागमा चट्याङ्गसहित वर्षा

१८ चैत्र,आइतबार   काठमाडौं- गएराति काठमाण्डौसहित देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित पानी परेको छ । केही ठाउँमा असिनापानीसमेत परेको छ । हावाहुरी र असिनापानीले बालीनालीमा क्षति पुगेको छ । मध्यपश्चिमदेखि पूर्वी क्षेत्रसम्मै हावाहुरीको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो नेपालगञ्ज, दाङ र पोखरा आसपासमा विकास भएको न्यूनचापीय प्रणालीले हावाहुरी र चट्याङसहित वर्षा भएको हो । नेपालगञ्ज र दाङ आसपास विकास भएको प्रणाली केही कमजोर देखिएको तर पोखरा आसपासमा विकास भएको प्रणाली केही शक्तिशाली देखिएको मौसमविद मिनकुमार अर्यालले जानकारी दिनुभयो । आज मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार…
Read More
हिलाम्य राजमार्ग, ४ घण्टा सम्मको जाम

हिलाम्य राजमार्ग, ४ घण्टा सम्मको जाम

चैत १७, शनिबार, काठमाण्डौं- चैते झरीले मुख्य राजमार्गहरुमा ४ घण्टा सम्मको जामले यात्र,हरुले सास्ती खेप्नु परेको छ । बैरेनी गल्छिमा गाडि नै फस्ने गरि हिलाम्य भएको छ । बन्दै गरेको बाटोघाटो र पानीले ४ घण्टासम्म जाम हुने गरेको छ । तनहुँको खैरेनीटारदेखि दमौली आइपुग्न तीन घण्टा लाग्छ । २२ किलोमिटर दूरी छिचोल्न तीन घण्टा लाग्ने गरेको छ।   त्यस्तै मुग्लिन पोखरा सडक विस्तारका क्रममा ठाउँठाउँमा एकतर्फी कालोपत्रको काम अगाडि बढे पनि कालोपत्र नभएका ठाउँमा हिलो माटोले सवारीसाधन फस्दा यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्।  
Read More
भीरबाट लडेर वडा सचिवको ज्यान गयो

भीरबाट लडेर वडा सचिवको ज्यान गयो

चैत १७, शनिबार दार्चुला – दार्चुलामा भीरबाट लडेर वडा सचिवको ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय गङ्गाराम लुहारको भीरबाट लडेर ज्यान गएको हो । शुक्रबार बेलुका भीरबाट लडेर लुहारको ज्यान गएको र घटनाबारेमा अजमात्र जानकारी पाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शङ्कपुरबाट डाँडाकोट जाने क्रममा वडा सचिव लुहार भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। लुहारको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  
Read More
दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

दूरसञ्चार प्राधिकरणका दुई अध्यक्षसहित १९ जनालाई भ्रष्टाचार मुद्दा

चैत १५, शुक्रबार काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष, निर्देशक, उपनिर्देशकलगायत १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार आठ सय ८२ रुपैयाँ बराबरको बिगो मागदाबीसहित विशेष अदालतमा आज भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । ुमोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमु (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा आयोगले प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल र दिगम्बर झा, पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनाल, बहालवाला निर्देशकहरू दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्रलाई प्रतिवादी बनाएको हो । अख्तियारले प्राधिकरणका उपनिर्देशक मीनप्रसाद अर्याल, विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, सहायक निर्देशक विजयकुमार यादव, प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध पनि मुद्दा दायर गरेको छ…
Read More
आईजीपीले भने- गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा छैन

आईजीपीले भने- गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दा छैन

चैत १४, बुधबार काठमाडौं- प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पोखरामा ठाडो उजुरी आएको तर तथ्य र प्रमाण नभएकाले सहकारी ठगीको मुद्दा नभएको बताएका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा महानिरीक्षक कुँवरले पोखरामा ठाडो उजुरीमा रवि लामिछानेको नाम पनि रहेको तर तथ्य र प्रमाण नरहेको स्पष्ट पारेका हुन्। सहकारी समस्या पछिल्लो समय व्यापक रूपमा आइरहेको र सहकारी विभागको सिफारिसमा मुद्दा चलाइरहेको भनेपछि महानिरीक्षक कुँवरले पोखरामा रवि लामिछानेको विरुद्धमा ठाडो उजुरी आएको बताए। ठाडो उजुरीमा नाम रहेकाहरू कानुनी दायरामा पर्ने अवस्था नरहेको पनि कुँवरले बताए। यसअघि नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद…
Read More
आजदेखि सुरु भयो एसईई परीक्षा

आजदेखि सुरु भयो एसईई परीक्षा

चैत १५, बिहिबार काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो २७ गतेसम्म सञ्चालन हुने परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ वटा विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर दुईं हजार ६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक तथा सबैभन्दा बढी काठमाण्डौमा एक सय २७ वटा परीक्षा केन्द्र छन् । यसवर्षको एसईईमा जापानमा रहेको केन्द्रमा २३ जना सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसपटक…
Read More
दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

चैत १२, सोमबार, काठमाडौं- दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसला जारी भएको छ। मेडिकल व्यवसायी प्रसाईँको मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईंले २०७७ असार २१ र २०७७ असोज ३० गते काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायतका निकायलाई विपक्षी बनाएर दुईवटा रिट दायर गरेका थिए। न्यायाधीशद्धय कुमार चुडाल र शारंगा सुवेदीको इजलासले फैसला जारी गरेको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.