आज मितिः २०८३ श्रावण १७ गते

मनसुनी वायुको प्रभाव

 

 

चितवन– साउन २८ गते सोमवार बिहान जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  अद्यावधिक गरेको मौसम विश्लेषण अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको वरपर रहेको छ ।

अहिले सबै प्रदेशमा साधारणतया मौसम बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा  मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया मौसम बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भिषण वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि मध्यम रुपमा मौसम बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित भिषण वर्षाको पनि सम्भावना रहेको छ ।

 

प्रतिकृया दिनुहोस
By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.