भरतपुर । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर १२ मा बदलिदो मौसम र बालबालिका सम्बन्धी अभिभावक अभिमुखिकरण तथा नि:शुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।

पुष्पाञ्जली हस्पिटलको प्राविधिक सहयोगमा विद्यालय परिसरमा नै शिविर आयोजना भएको हो । शिविरमा दुई सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्कीले जानकारी दिनुभयो ।
उनीहरुको बाल रोग बिशेषज्ञ डा किरण देवकोटा, डा बादल खनिया, स्कुलकी हेल्थ एसिस्टेन्ट सुरुची कँडेल लगायतले स्वास्थ्य परीक्षण गरेका थिए । सोही अवसरमा अभिभावकहरुलाई बदलिदो मौसममा बालबालिकाको स्वास्थ्यमा देखिने सक्ने समस्या तथा बच्ने उपाय बारे सचेत गराईएको थियो ।