काठमाडौं-
नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको समर्थनमा युवाहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
उनीहरुले ‘विद्युत प्राधिकरण डुबाउन पाइँदैन, जनतालाई महँगीको मार बिजुली चोरलाई कर छुट उपहार, अँध्यारो र उज्यालोको फरक छर्लङ्ग छ, ६४ अर्ब ६१ करोड नोक्सानीमा रहेको प्राधिकरण कुलमान आएयता ४७ अर्ब ४१ करोड सञ्चित नाफामा’लगायत विभिन्न नारा लेखेको ‘प्ले कार्ड’ बोकेका थिए।
सरकारले षड्यन्त्र गरेर कुलमानलाई हटाउन खोजेको भन्दै युवा सडकमा उत्रिएका हुन्।
प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा ६ जना पक्राउ परेका छन्।