आज मितिः २०८३ बैशाख ५ गते

आस्था टोल आमा समुहको छैटौ वार्षिक साधारण सभा सम्पन्न

 

  •      

चितवन – आस्था टोल आमा समुहको छैटौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सदस्य संख्या २३७ रहेको आमा समुहको वार्षिक साधारण सभा आफ्नै भवनमा राखिएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य संस्थाका  उपाध्यक्ष  लोक माया थापाले दिनु भएको थियो । साधारण सभाको उद्घाटन  संस्थाका अध्यक्ष  अमृत भण्डारी   प्रमुख अतिथि आदर्श गृह नेपाल भरतपुरका मिना खरेल तथा विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष   लेखराज पन्तले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा  संस्थाका अध्यक्ष अमृत भण्डारी सभाअध्यक्ष ,प्रमुख अतिथिमा आदर्श गृह नेपाल भरतपुरका मिना खरेल ,विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष   लेखराज पन्त ,भरतपुर महानगरपालिकका वडा नं. १२ का वडा सचिव  सीता लामिछाने अतिथिहरुमा शिक्षण सहायक सुरक्षा रेग्मी  आास्था टोल विकास संस्थाका वरिष्ठ सल्लाहकार एवं संस्थापक अध्यक्ष तथा आस्था आमा समुहका सल्लाहकार  कुल बहादुर भण्डारी ,बुद्धि बहादुर के सी वडा नं. १२ का जनप्रतिनिधि महिला सदस्य जमुना ढुङगाना मिरा नेपाली  आस्था टोल विकास संस्थाका अध्यक्ष मिना कुमारी श्रेष्ठ एवं २२ वटै टोलका आमा समुहका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संस्थाकी सदस्य उर्मिला न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रमा विशिष्ट अतिथि मिना खरेलले नारी एकतामा शक्ति भएको छोरीलाइ आत्मनिर्भर बनाउने चेतनामा सुधार हुनुपर्ने कुरामा जोड दिदै नारी गहनाले होइन शिक्षाले र स्वास्थ्यले सिगारिनु पर्ने कुरामा गहन चेतना दिनु भयो भने १२ नं. वडाका वडा अध्यक्ष  लेखराज पन्तले आस्था आमा समुहको लागी आर्थिक सहयोग गर्दै आउनु भएको चुनाव अगाडि वडा विकासको लागी जुन पार्टी बाट आएता पनि चुनाव पछी यो त्यो नभनी वडाको विकासको लागी अहोरात्र खटिने  कुनै पनि पार्टीबाट आफ्ना समस्या लिएर आउनु भएको खण्डमा हामी सदावहार समस्याको समाधान तथा सहयोग गर्न तयार रहने कुरामा पनि वाचा गर्नु भयो ।शुभकामना मन्तब्य जिल्ला प्रशासन एकता आमा  समुहका अध्यक्ष  तारा काफ्ले र वडा नं.१२ का महिला प्रतिनिधि जमुना ढुंगानाले दिनु भएको थियो ।

 

 

By निर्मला अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.