युरोप पठाईदिन्छु भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ
काठमाडौं- वैदेशिक रोजगारी तथा भिजिट भिसामा युरोप पठाइदिने भन्दै दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ। काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे, सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका-१ का २५ वर्षीय टङ्कराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले…