आज मितिः २०८३ बैशाख ९ गते

दुबईबाट इन्टरपोलले नोटिस जारी भएका ३ जनालाई पक्राउ

काठमाडौ –

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौँ ल्याइएको छ।

ठगीसम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका उनीहरूलाई दुबईबाट पक्राउ गरेर बुधबार नेपाल ल्याइएको हो।

पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका(४ का ४२ वर्षीया भुपेन्द्र बोहोरा, काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कबिर बुढाथोकी र मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेका छन्।

बोहोरा र बुढाथोकी ठगीसम्बन्धी मुद्दाका फरार प्रतिवादी तथा कार्की जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बोहोरालाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो।

यस्तै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्‍चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गते बुढाथोकी र २०८१ असार १२ गते कार्कीविरुद्द रेड नोटिस जारी भएको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.