आज मितिः २०८३ बैशाख ९ गते

मनुसन सक्रिय भएसँगै पूर्वी र मध्य तराईमा भारी वर्षा

काठमाण्डो’

देशभर मनुसन सक्रिय भएसँगै पूर्वी र मध्य तराईमा भारी वर्षा भएको छ। बंगालको खाडीबाट प्रवेश गरेको उच्च जलवाष्पयुक्त वायुका कारण देशभर मनसुन सक्रिय भएको हो।

यो क्रम आइतबारसम्मै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभर सघन वर्षा भइरहेको छ। पूर्वी र मध्य तराईमा भनेर धेरै भारी वर्षा भएको छ।

कोशी प्रदेशका झापा, मोरङ, इलाममा वर्षाले जनजीवन प्रभावित तुल्याइको छ। तटीय क्षेत्रमा डुबान र कटानको समस्या निम्त्याउन सक्ने विभागले बताएको छ।

पछिल्लो २४ घन्टामा झापाको केचनामा १८७.२, चन्द्रगढी विमानस्थलमा १८३.२, अनारमनीमा १५८.६ मिलिमिटर वर्षा भएको छ।

इलामको कन्काइमा १७४.८, मोरङको बाहुनीमा १४९, विराटनगर विमानस्थलमा १८९।२, सप्तरीको बरमझियामा १८२.४, उदयपुरको सुन्दरपुरमा १४६.८, सप्तरीको रुपनी बजारमा १४६.२ मिलिमिटर वर्षा भइरहेको छ।

शुक्रबार देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना छ। आज र भोलि रात्री बस नचलाउन सरकारले आग्रह गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.