आज मितिः २०८३ बैशाख ९ गते

सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै ड्रोन र बेलुन विमानस्थल वरिपरि उडाउन निषेध

काठमाडौँ-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

 

सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे बा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने ब्यहोरा समेत सूचनामा उल्लेख छ ।

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.