आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन

शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन

चितवन - शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति बुधबार रत्ननगरमा गठन गरिएको छ । निकट भविष्यमा अधिवेशन गर्ने गरी सम्पूर्ण सदस्यहरुको भेलाले सञ्जु जिसीको अध्यक्षतामा शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन गरिएको हो ।     शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाको प्रमुख आतिथ्यता, टमिस अम्गाईंको विशिष्ट आतिथ्यता रहेको भेलाले सञ्जु जिसीको संयोजकत्वमा चितवन जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा सज्जन कायस्थ, सुवास गोले, विशाल लामा, सागर घिमिरे, सुजन बगाले, सुजन दंगाल, मेघनाथ न्योपाने, कदम श्रेष्ठ, सम्राटजंग केसी, सुमन सिलवाल, सागन रुपाखेती र सुरज घिमिरे चयन भएका छन् । भेलाले निकट भविष्यमा…
Read More
४१ दशमलव ४३ अंकले बढ्यो नेप्से

४१ दशमलव ४३ अंकले बढ्यो नेप्से

राजन दील गुरुङ/ चितवन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१ दशमलव ४३ अङ्कले बढेर दुई हजार छ सय ६३ दशमलव ३० को विन्दुमा कायम भएको हो। यो एक दशमलव ५८ प्रतिशतको वृद्धि हो। आज तीन सय नौ कम्पनीको ९७ लाख ७२ हजार एक सय ९६ कित्ता शेयर ५५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब २२ करोड ३० लाख ८३ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।   आज सबै समूहको उपसूचक हरियो देखिएको छ। व्यापार समूह सबैभन्दा बढी छ दशमलव नौ प्रतिशतले बढेको छ। बैंकिङ शून्य दशमलव ९०, विकास बैंक एक दशमलव १०, वित्त एक दशमलव…
Read More
कालिका ३ को उदाहरणीय कामले स्थानीयमा खुशी

कालिका ३ को उदाहरणीय कामले स्थानीयमा खुशी

कालिका- कालिका नगरपालिका वडा ३ को उदाहरणीय कामले स्थानीयहरु खुशी भएका छन् । वडा अध्यक्ष विरेन्द्र तामाङ र सदस्यहरु निकै सक्रिय रहेको र विकासमा अघि बढेको स्थानीयहरुले बताए । वडा ३ का सडकहरु कालो पत्रे, मन्दिर, गुम्बा र विद्यालयहरुमा भएको प्रगतिले वडावासी खुशी भएका हुन् । वडामा शिव मन्दिर , पेमा छ्योयोइलिङ बौद्ध गुम्बाले आकर्षण थपेको छ भने जनहित राष्ट्रिय माध्यामिक विद्यालयलाई स्तरीय बनाउनमा वडाको ठूलो देन रहेको छ । वडामा ठूलो क्षेत्रमा रहेको कम्पाउण्ड घेरिएको बौद्ध गुम्बाले पर्यटकलाई समेत आकर्षण गरेको स्थानीय रमेश वाईवाले बताए । यता जनहित विद्यालयका भवन, विद्यार्थीहरुको संख्या, शिक्षकहरुको लगनशिलताले स्थानीयहरु बोर्डिङमा भन्दा पढाई कम…
Read More
अस्ट्रेलियाको क्यानबेरामा ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न

अस्ट्रेलियाको क्यानबेरामा ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न

अस्ट्रेलिया- अस्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, नेपाली पहिरन, खानाको परिकार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखी क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो । कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यानबेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे १० बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुंगिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखेनाच र कुमारीनाच प्रस्तुत गरिएको थियो । सो अवसरमा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अस्ट्रेलियामा रहेका विभिन्न नेपाली संघसंस्था, स्थानीय अस्ट्रेलियालीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । त्यसैगरी, राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा…
Read More
कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं-   कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको बिषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेका छन् ।   राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गरे। एक जनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरी जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे। सरकारले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरुले आज संसद्‍का दुवै सदन अवरुद्ध गराएका छन्। प्रधानमन्त्री ओलीले भने विपक्षी दलहरूको मागबमोजिम संसद्मा गएर जवाफ नदिने अडान लिएका छन्…
Read More
भारतीय महिला सर्लाहीको एक गेस्ट हाउसमा मृत फेला

भारतीय महिला सर्लाहीको एक गेस्ट हाउसमा मृत फेला

सर्लाही-   भारतीय  एक महिला सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेस्ट हाउसमा मृत फेला परेकी छन्। दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन्। गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हरिवन नगरपालिका–११ का मो। सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं। १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए। उनी पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए। उनी…
Read More
भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुर : “मानव सेवा नै माधव सेवा” भन्ने मूल नाराका साथ श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. २८, जीतपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा साना नानीदेखि जेष्ठ नागरिकसम्म गरी करिब ११०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये करिब ८०० जना महिला र ३०० जना पुरुष थिए। सबैभन्दा बढी उमेरकी १०४ वर्षीया पवित्रा देवी गौतम समेत स्वास्थ्य उपचारका लागि शिविरमा उपस्थित भएकी थिइन्। शिविरमा बालरोग, हाडजोर्नी रोग, मनोरोग, क्यान्सर, महिलासम्बन्धी रोग, मुखरोग, दन्तरोग, मुटुरोग लगायतका विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार गरिएको थियो। साथै, १४० प्रकारका औषधिहरू निःशुल्क वितरण…
Read More
भक्तपुर हत्या घटनामा तीन जना आरोपित पक्राउ

भक्तपुर हत्या घटनामा तीन जना आरोपित पक्राउ

भक्तपुर-   भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङस्थलमा यही चैत १० गते एक जनाकोे हत्या गरेको अभियोगमा आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका–६ घरभई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो। साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईमा लडाएर ढुङ्गाले पटकपटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब…
Read More
आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं- आज जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। त्यस्तै आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ। आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई…
Read More
कुलमानको बर्खास्तीमा विभिन्न दलका नेताहरुले यसो भने

कुलमानको बर्खास्तीमा विभिन्न दलका नेताहरुले यसो भने

काठमाण्डौं-   सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि सर्वत्र विरोध भइरहेको छ। सत्तारुढ दलदेखि विपक्षी अनि जनस्तरसम्म पनि सरकारको चर्को आलोचना भइरहेको छ। कुलमानलाई हटाउने सरकारी निर्णयको सत्तारूढ कांग्रेसका दुवै महामन्त्रीले विरोध गरेका छन्। कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा लेख्दै कुलमान हटाउने निर्णयको विरोध गरेका हुन्। कुलमानलाई हटाउने ऊर्जामन्त्री दीपक खड्का कांग्रेसकै नेता हुन्। ऊर्जामन्त्रीकै दलका दुई महामन्त्रीले भने सार्वजनिक रूपमा यो निर्णयको विरोध गरेका छन्। सामाजिक सञ्जालमा असन्तोष प्रकट गर्दै महामन्त्री थापाले लेखेका छन्, ुआमनागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.