आज मितिः २०८३ बैशाख १३ गते

कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं-

 

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको बिषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेका छन् ।

 

राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गरे। एक जनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरी जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे।

सरकारले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरुले आज संसद्‍का दुवै सदन अवरुद्ध गराएका छन्।

प्रधानमन्त्री ओलीले भने विपक्षी दलहरूको मागबमोजिम संसद्मा गएर जवाफ नदिने अडान लिएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.