आज मितिः २०८३ बैशाख ५ गते

भारतीय महिला सर्लाहीको एक गेस्ट हाउसमा मृत फेला

सर्लाही-

 

भारतीय  एक महिला सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेस्ट हाउसमा मृत फेला परेकी छन्।

दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन्।

गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हरिवन नगरपालिका–११ का मो। सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं। १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए। उनी पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए। उनी बुधबार बिहान पनि मृतकसँग भेटेर फर्किएका थिए।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ। विवाहित आरती दिल्लीबाट मलंगवा किन आइन् र सेराजसँगको सम्बन्ध के थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.