आज मितिः २०८३ कार्तिक १८ गते

ब्रेकिङ न्यूज

पृथ्वी राजमार्ग भएर आजदेखि सबै गाडी चल्ने

पृथ्वी राजमार्ग भएर आजदेखि सबै गाडी चल्ने

काठमाण्डौ – पृथ्वी राजमार्ग भएर आजदेखि सबै गाडी चल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङकाअनुसार धादिङको कृष्णभीर, परेवाभीर र बाँगेमोड क्षेत्रका पहिरोलगायतका अवरोध हटाएर दिउँसो १ बजेदेखि सडक सञ्चालनमा ल्याउने तयारी भरहेको छ ।यो सँगै सबैजसो सडक सञ्चालनमा आउने भएका छन् । यसअघि मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालमा सडकको झण्डै ७० मिटर लम्बाइ भाँसिएरपछि आवागमन एकतर्फी छ । यो सडक भई आवागमन एकतर्फी भएको हुँदा यात्रा गर्दा सावधानी अपनाउन र लेन अनुशासनको पालना गर्न भरतपुर सडक डिभिजन कार्यालयले आग्रह गरेको छ । बाढीपहिरोका कारण चार दिनदेखि अवरुद्ध बीपी राजमार्ग पनि हिजोदेखि नै एकतर्फी खुलेको छ । बाढीले सडक तथा अस्थायी…
Read More
देशका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

देशका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली भू-भागमा आंशिक बादल तथा पहाडी र तराईका भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ। आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। त्यस्तै, आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने…
Read More
देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको र देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। त्यसैगरि आज राति, देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
Read More
पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु

पुलमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने काम सुरु

काठमाडौं- नारायणी नदीको किनारबाट बगेर पुलको पिलरमा अड्किएको नेपालकै पहिलो ठुलो ‘राइनो क्रुज’ निकाल्ने काम सुरु भएको छ। नदीको बहाव केही घटेपछि अड्किएको क्रुजलाई सुरक्षित रूपमा पन्छाउन वा हटाउन प्रयास थालिएको हो। अविरल वर्षाका कारण नारायणी नदीमा आएको भीषण बाढीले किनारमा बाँधेर राखिएको साढे दुई तले क्रुजलाई बगाएर पुलको पिलरसम्म पुर्‍याएको थियो। क्रुज बगेर नारायणीको पुलमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताएका छन्। इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्चार्ज, प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा समेत जोगिएको क्रुज यसपालि नारायणीको बाढीले बगाएर ल्याई पिलरमा ठोकिएकाले पुल नै…
Read More
नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सांसद  देवकोटाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सांसद देवकोटाद्वारा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र सांगठनिक सरगर्मी ह्वात्तै बढेको छ। यसै क्रममा वडाबाट निर्वाचित कार्यसमितिका सदस्यहरू तथा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय सभा सदस्य तथा नेतृ माननीय गीता देवकोटाले महाधिवेशन प्रतिनिधि (महिला खुला) पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।विगत लामो समयदेखि नेपाली काँग्रेसको वैचारिक धरातल र संगठन निर्माणमा निरन्तर समर्पित रहँदै आउनुभएकी देवकोटा हाल चितवनबाट नेपाली काँग्रेसको एकमात्र संघीय सांसद (राष्ट्रिय सभा सदस्य) हुनुहुन्छ। सदनमा जिल्लावासी र समस्त काँग्रेसजनको शीर उच्च राख्न निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै उहाँले सोही जिम्मेवारीबोधका साथ १५औँ महाधिवेशनमा महिला खुला…
Read More
बाढी पहिरोका कारण कुन कुन जिल्ला बन्द भएको छ

बाढी पहिरोका कारण कुन कुन जिल्ला बन्द भएको छ

काठमाडौँ- नदी तथा खोलामा पानीको बहाब बढ्दा तटीय बस्ती डुबानको जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा बाढीपहिरो र लेदोले सडक तथा यातायात अवरुद्ध बनाएको छ । पश्चिम नेपालका २५ जिल्लामा शुक्रबार र शनिबार सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमको स्तर अनुसार यातायात व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो । यातायात पूर्ण बन्द भएका जिल्लामा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन् । त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकीका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जामा पनि दुई दिन…
Read More
आज इन्द्रजात्रा पुजा आराधना गरि मनाइँदै

आज इन्द्रजात्रा पुजा आराधना गरि मनाइँदै

काठमाडौं- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। यसअघि तान्त्रिक विधिद्वारा…
Read More
काँग्रेस १५ओै महाधिवेशन अन्तर्गत चितवन जिल्ला पालिका अधिवेशनमा निर्वाचित सभापतिहरु

काँग्रेस १५ओै महाधिवेशन अन्तर्गत चितवन जिल्ला पालिका अधिवेशनमा निर्वाचित सभापतिहरु

चितवन- नेपाली कांग्रेसको १५ओै महाधिवेशन अन्तर्गत चितवन जिल्लाको पालिका अधिवेशन सम्पन्न भएको छ । निर्वाचित पालिका सभापतिहरुमा भरतपुर महानगरसमिती बुद्धिकान्त न्यौपाने, रत्ननगर नगरसमितीको सभापतिमा उमेश गीरी, खैरहनी नगरसमितीको सभापतिमा शंकर प्रसाद कंडेल, राप्ती नगरसमितीको सभापतिमा भिमसेन सिलवाल, कालिका नगरसमितीको सभापतिमा रमेश जंङ थापा, नेपाली कांग्रेस माडी नगरसमितीको सभापतिमा खेम प्रसाद महतो निर्वाचित भएका छन् । सबै पालिकामा निर्वाचन शान्ति रुपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
Read More
कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाए

कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाए

काठमाडौं- नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म मूल्य बढाएको छ। संघको असोज ६ गते काठमाडौंमा भएको भौतिक तथा भर्चुअल बैठकले अण्डा उत्पादकहरूको राय, परामर्श र सिफारिसअनुसार बुधबारदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। संघका अनुसार एक्सल अन्डाको प्रतिक्रेट ६१५ तोकेको छ। ठूलो अन्डा प्रतिक्रेट ६ सय रुपैयाँ पुगेको छ। यसअघि १९ भदौमा तोकिएको समर्थन मूल्यअनुसार एक्सल अन्डाको प्रतिक्रेट ६०५ र ठूलो अन्डाको ५९० रुपैयाँ थियो। संघले मिडियम, सानो अन्डा र उपभोक्ता मूल्य भने यथावत् राखेको छ। यसअघिको मूल्यमा मिडियम अन्डा प्रतिक्रेट ५५० रुपैयाँ छ भने सानो अन्डा ३ हजार २ सय पेटी समर्थन मूल्य तोकिएको छ। उपभोक्ता मूल्य…
Read More
चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न

चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सम्पन्न

यूएई- चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा आठौं अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, चितवन समाज यूएईका आजीवन सदस्य लगायतको उपस्थिती रहेको थियो। अधिवेशनले बिन्दु गिरीको अध्यक्षतामा निम्न पदाधिकारीहरु चयन गरेको छ। प्रथम उपाध्यक्षमा शंकर पाठक , बरिस्ठ उपाध्यक्ष कल्पना श्रेष्ठ , उपाध्यक्ष: गोमा कँडेल,उपाध्यक्ष भेषराज ढकाल,महासचिव ज्ञान ब. केसी, सचिव दिपा सापकोटा सुबेदी, सह–सचिव विष्णु सुबेदी, कोषाध्यक्ष कृष्ण खतिवडा, सह–कोषाध्यक्ष लक्ष्मी खड्का, र सदस्यहरूमा दया सापकोटा, अम्बिका पाण्डे, अर्जुन कँडेल, सुरेश तामाङ, अर्पण धरेल, बाबुराम छेत्री, नारायण पुरी, प्रकाश भण्डारी, पवित्रा गैरे चयन भएका छन ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.