आज मितिः २०८३ आश्विन ८ गते

ब्रेकिङ न्यूज

आज पनि तीन प्रदेशमा भारी वर्षा, उच्च जोखिममा

आज पनि तीन प्रदेशमा भारी वर्षा, उच्च जोखिममा

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज पनि भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुनसक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ। अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। पछिल्लो २४ घण्टामा…
Read More
निलम्बित सांसद मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

निलम्बित सांसद मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

  काठमाडौं- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ। भ्रष्टाचार मुद्दा लागेका बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानलगत्तै थुनछेक बहस भएको थियो। बयान र थुनछेक बहस विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो। सिन्धुपाल्चोकका निर्वाचित सांसदसमेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
Read More
चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ 

चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ 

चितवन- चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ गरिएको छ । कालिका नगपालिकाको नै आयोजनामा र अखिल नेपाल किसान महासंघ चितवनद्वारा आज कालिका नगरपालिका ३, पदमपुरमा पन्चे बाजा सहित धान रोपाइँ कार्यक्रम गरिएको हो । पदमपुर छुट्टा छुट्टै कार्यक्रममा कालिकाका मेयर विनोद रेग्मी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, कालिकाका उपमेयर बिमला तामाङ, पूर्व मेयर गोपी श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष कमल पाठक लगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष सीपी अधिकारीको अध्यक्षतामा र प्रमुख अतिथि केन्द्रीय अनुशासन विभागका सम्भु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नगरपालिकाको कार्यक्रममा सूर्य किरण…
Read More
आज धान दिवस अर्थात असार १५, दही चिउरा खाने दिन

आज धान दिवस अर्थात असार १५, दही चिउरा खाने दिन

काठमाडौँ, आज असार १५ गते अर्थात धान दिवस किसानहरु खेतमा काम गरी दही चिउरा खाएर रोपाई गर्नेछन् ।   दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।   हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा…
Read More
राज्यले गर्नुपर्ने काम लक्की मिडियाले गरेको छ : उपप्रमुख अधिकारी 

राज्यले गर्नुपर्ने काम लक्की मिडियाले गरेको छ : उपप्रमुख अधिकारी 

चितवन - भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले राज्यले गर्नुपर्ने काम लक्की मिडिया हाउसले गरेको बताउनु भएको छ । लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा प्रमुख अतिथिको मन्तव्य राख्दै अधिकारीले राज्यको निकाले गर्ने काम निजी क्षेत्रले गरेको भन्दै मिडिया हाउसको प्रशंशा गर्नुभयो ।     यस्तो आर्थिक मन्दिको समयमा पनि निजी क्षेत्रबाट कलाकारको हौसला प्रवद्र्धनमा भूमिका खेल्नु सकारात्मक काम भएको उहाँको भनाइ थियो । राष्ट्रिय स्तरका कलाकारलाई विभिन्न विधामा सम्मानित गरी उत्प्रेरणा गर्नु प्रशंशनीय काम भएको उहाँले बताउनुभयो । देशको कला र संस्कृतिको संरक्षणमा लक्की मिडियाले हाउसले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँको भनाइ छ…
Read More
SEE २०८१: भगवती मावि मिर्मीको ८२.६% सफलता र कालीगण्डकीका विद्यालयहरूको सन्तोषजनक प्रगति

SEE २०८१: भगवती मावि मिर्मीको ८२.६% सफलता र कालीगण्डकीका विद्यालयहरूको सन्तोषजनक प्रगति

२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा राष्ट्रव्यापी रूपमा नतिजा उत्साहजनक देखिएको छ। शुक्रबार सार्वजनिक नतिजाअनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० GPA हासिल गरेका छन्। अघिल्लो वर्षको ४७.८६% उत्तीर्ण दरको तुलनामा यस वर्ष ६१.८१% सफलता दर कायम हुनु उल्लेखनीय प्रगति हो। स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–७, मिर्मीस्थित भगवती माध्यमिक विद्यालयले ८२.६% सफलता दरसहित प्रेरणादायी प्रदर्शन गरेको छ। विद्यालयका ४६ जना परीक्षार्थीमध्ये ३८ जना उत्तीर्ण भएका छन्। तीमध्ये प्रतीक भट्टराईले ४.० GPA हासिल गर्दै विद्यालयको शैक्षिक उचाइमा ऐतिहासिक योगदान गरेका छन्। गत वर्षको तुलनामा यस वर्षको सुधारले विद्यालयको अध्यापन प्रणालीमा गुणात्मक प्रगति भइरहेको प्रमाणित गर्छ। यस्तै गरी, कालीगण्डकी गाउँपालिकाभित्रका…
Read More
हिरा र सरस्वतीको दुःख कहाँ जान्छर धोएर भिडीयो युट्युवमा सार्वजनिक

हिरा र सरस्वतीको दुःख कहाँ जान्छर धोएर भिडीयो युट्युवमा सार्वजनिक

मलेसियामा काम गर्दै आएकी सरस्वतीको जीवन कथामा आधारित गीतको भिडियो युट्युव च्यानलमा सार्वजनिक भएको छ। हिरा रनपाल र सरस्वती छन्त्यालको सुमधुर आवाजमा रहेको भिडियो शुक्रबार हिरा रनपालको युट्युब च्यानलबाट सार्वजानिक भएको हो। लामो समयदेखि मलेसियामा काम गर्दै आएकी सरस्वतीलाई आफ्नै श्रीमानले झुट्टो आरोप लगाएका थिए। अनि अन्तत उनी जेलमा जान्छिन्। झुटको आरोपमा जेल बसेकी उनलाई साथीहरुको सहयोगमा वकिल लगाएर निकालिन्छ। उनले आफ्नो श्रीमानको ज्यादती कहानी सुनाए पछि बिष्णु भण्डारीले शब्द तयार गरेका छन् भने सरस्वतीको लयमा भिडियो तयार गरिएको छ। धन बहादुर तमाङलद्धारा निर्देशन गरेको भिडियोमा जीवन पासाको मेक अप रहेको छ । त्यस्तै सिनेमटोग्राफर अमित विकको रहेको छ भने…
Read More
आज साँझबाट देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज साँझबाट देशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डौ- शनिबार साँझबाट देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   १४ गते शनिबार साँझदेखि १६ गते सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,ु महाशाखाको बुलेटिनमा भनिएको छ।   वर्षाका कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने,…
Read More
कांग्रेसको आग्रह पछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रुपमा हटाएको हो

कांग्रेसको आग्रह पछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रुपमा हटाएको हो

चितवन-   नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रुपमा हटाएको बताउनुभएको छ ।   चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको जनाउनु भयो ।   सभापति देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने दावी गर्नुभएको छ । कांग्रेसको विधान अनुसार समयमै हुने दावी गर्नुभयो । १४ औं महाधिवेशन सकिएको ४ वर्षपछि आउँदो मंसिरमा महाधिवेशन हुनुपर्ने हो । तर विधानमा एक वर्ष थप गर्न मिल्ने भएकाले विधान अनुसारकै समयमा महाधिवेशन सम्पन्न गरिने सभापति देउवाले बताउनुभयो । आज नेपाली कांग्रेसकी नेतृ,…
Read More
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा,विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बाढीको जोखिममा रहेका घरमा रातो झण्डा,विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुर- टिनले छाएका कच्ची घर, छानोमा रातो झण्डा हावाको गतिसँगै फहराइरहेका छन्। झण्डामा विभिन्न सङ्केत पनि बनाइएका छन्। बस्तीका सबै घरमा देखिने यी झण्डाले केही सङ्केत गरेको छ। यहाँका स्थानीयहरूले विपद्सँग जुध्न गरेको पूर्वतयारीको एउटा अभ्यास हो। जसले उनीहरूलाई विपद्मा खोज तथा उद्धार गर्दा कसलाई बढी प्राथमिकता दिने भन्ने सङ्केत गरेको छ। “यहाँका सबै घरमा रातो झण्डा गाडिएको छ बालबालिका भएको घरमा बालबालिकाको चित्र, अपाङ्ग भएकाका घरमा अपाङ्गताको चित्र र बालबालिका र वृद्धवृद्धा नभएका घरमा सादा झण्डा राखिएको छ।” यहाँका स्थानीय रुपा सुनारले भनिन्, “बाढी आएको बेला यहाँ उद्धारमा आएकालाई कुनलाई प्राथमिकता दिने र उद्धार गर्न सजिलो हुन्छ।” तीनतिर जोगबुडा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.