आज मितिः २०८३ बैशाख ११ गते

निलम्बित सांसद मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश

 

काठमाडौं-

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ।

भ्रष्टाचार मुद्दा लागेका बस्नेत आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए। बयानलगत्तै थुनछेक बहस भएको थियो।

बयान र थुनछेक बहस विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको हो।

सिन्धुपाल्चोकका निर्वाचित सांसदसमेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.