आज मितिः २०८३ बैशाख ११ गते

चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ 

चितवन- चितवनको कालिका नगरपालिकामा विभिन्न कार्यक्रम सहित धमाधम धान रोपाइँ गरिएको छ । कालिका नगपालिकाको नै आयोजनामा र अखिल नेपाल किसान महासंघ चितवनद्वारा आज कालिका नगरपालिका ३, पदमपुरमा पन्चे बाजा सहित धान रोपाइँ कार्यक्रम गरिएको हो ।

पदमपुर छुट्टा छुट्टै कार्यक्रममा कालिकाका मेयर विनोद रेग्मी, इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, संविधानसभा सदस्य कृष्णभक्त पोखरेल, कालिकाका उपमेयर बिमला तामाङ, पूर्व मेयर गोपी श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष कमल पाठक लगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष सीपी अधिकारीको अध्यक्षतामा र प्रमुख अतिथि केन्द्रीय अनुशासन विभागका सम्भु सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने नगरपालिकाको कार्यक्रममा सूर्य किरण सहकारीका अध्यक्ष हरि प्रसाद अधिकारीको अध्यक्षतामा र नगरपालिकाका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

महासंघका अध्यक्ष सीपी अधिकारीले कार्यक्रममा किसानसँग ऐक्यबद्धता जनाउँदै कृषि क्षेत्रको सुदृढीकरणमा सघाउनुपर्नेमा जोड दिएका थिए भने नगरपालिकाको कार्यक्रममा प्रमुख अतिथि विनोद रेग्मीले कालिका नगरपालिका कृषिको उपज भूमि भएकोले पनि किसानहरू रमाएर काम गर्दै आउनु भएकोमा खुशी व्यक्त गरे ।

नगरपालिकाको कार्यक्रममा महिला तथा पुरुष हिले दौड प्रतियोगिता, डोरी तान्ने खेल लगायतका कार्यक्रम राखिएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.