आज मितिः २०८२ असार २५ गते

कांग्रेसको आग्रह पछि सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रुपमा हटाएको हो

चितवन-

 

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले आग्रह गरेपछि नै सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रुपमा हटाएको बताउनुभएको छ ।

 

चितवनको भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुरागर्दै सभापति देउवाले कांग्रेसको आग्रह र सहमती अनुसार नै सरकार अघि बढेको जनाउनु भयो ।

 

सभापति देउवाले कांग्रेसको महाधिवेशन समयमै हुने दावी गर्नुभएको छ । कांग्रेसको विधान अनुसार समयमै हुने दावी गर्नुभयो । १४ औं महाधिवेशन सकिएको ४ वर्षपछि आउँदो मंसिरमा महाधिवेशन हुनुपर्ने हो । तर विधानमा एक वर्ष थप गर्न मिल्ने भएकाले विधान अनुसारकै समयमा महाधिवेशन सम्पन्न गरिने सभापति देउवाले बताउनुभयो ।

आज नेपाली कांग्रेसकी नेतृ, प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागि हुन कांग्रेस सभापति देउवा, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता विमलेन्द्र निधी, सशांक कोइराला लगायतका नेताहरु चितवन आइपुगेका हुन् ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.