आज मितिः २०८३ बैशाख १२ गते

ब्रेकिङ न्यूज

धनुषा सवारी दुर्घटनामा पाँचको मृत्यु

धनुषा सवारी दुर्घटनामा पाँचको मृत्यु

धनुषा- धनुषाधाम नगरपालिका(३ सर्सामोडस्थित सडकमा धनुषाधामबाट तेजनगरतर्फ जाँदै गरेको बयल गाडामा प्र।२(०२(००१ प १२१५ नम्बरको मोटरसाइकल बुधबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(३ तेजनगर बस्ने २१ वर्षीय राजेश खत्वे मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानीय क्लिनिक राजाराममा उपचार भइरहेको छ । हाल फरार बयल गाडा चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी धनुषा, मिथिला नगरपालिका(३ लालभित्तिस्थित सडकमा ना।५ ख ६१०० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७६ वर्षीया दुर्गा देवी महत्तोको बुधबार दिउँसो घटनास्थलमै…
Read More
रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को संसदीय दलको बैठक आज बस्दैछ । बैठक दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बस्नेछ । बैठकमा शुक्रवारबाट सुरु हुने अधिवेशनको तयारी तथा पार्टीको भावी रणनीतिलगायत विषयका छलफल हुने बताइएको छ । यस्तै, यही वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशनका विषयमा पछि छलफल हुने रास्वपाले जनाएको छ ।    
Read More
आज देशभर लोकतन्त्र दिवस मनाईंदै

आज देशभर लोकतन्त्र दिवस मनाईंदै

काठमाडौं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरङ्कुशता पराजय भएको विसं २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ। त्यस दिन पूर्वराजा शाहको घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावनाअनुरुप प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ।” निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही…
Read More
अब डाक्टरले पनि सडक आन्दोलन गर्ने

अब डाक्टरले पनि सडक आन्दोलन गर्ने

काठमाडौं- नेपाल चिकित्सक संघले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ। देशभरका आवासीय चिकित्सकलाई संघले काठमाडौं आउन भनेको छ। बुधबार संघका अध्यक्ष अनिल बिक्रम कार्कीले विज्ञप्ति जारी गर्दै देशभरका आवसीय चिकित्सकहरूलाई काठमाडौं केन्द्रित आन्दोलनमा आउन आग्रह गरेका हुन्। भोलि बिहीबार जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न उनले उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकलाई माइतीघरमा उपस्थित हुन आग्रह गरेका छन्। ुदेशभरका सम्पूर्ण चिकित्सकहरूलाई बिहीबार बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,ु विज्ञप्तिमा भनिएको छ। यस्तै, २४ घण्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सबै सेवा रोक्ने संघले…
Read More
सुनको भाउ साढे सात हजारले घट्यो

सुनको भाउ साढे सात हजारले घट्यो

काठमाडौं-   सुनको मूल्य आज तोलामा सात हजार पाँच सय रुपैयाँले घटेको छ। हिजो मंगलबार हालसम्मकै उच्च प्रतितोला एक लाख ९७ हजार ९ सय पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। केही दिनयता लगातार बढेको सुन आज ह्वात्तै घटेको हो।
Read More
कक्षा १२ को परीक्षा वैशाख २१ देखि

कक्षा १२ को परीक्षा वैशाख २१ देखि

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।   विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो । यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखेपनि अन्तिम समयमा परीक्षा सरेको हो ।   यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि…
Read More
विश्वकप लिग-२ को लागि क्यानले छान्यो ५२ खेलाडी

विश्वकप लिग-२ को लागि क्यानले छान्यो ५२ खेलाडी

काठमाडौँ- नेपाल क्रिकेट संघले विश्वकप लिग–२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को घोषणा गरेको छ।   क्यानले आगामी जुनमा स्कटल्याण्डमा आयोजना हुने लिग–२ शृंखलाको तयारीका लागि भन्दै ५२ खेलाडीलाई ‘कोर क्याम्प’मा राखेको हो। जसमा यू(१९ टोलीका कप्तान नरेन भट्टसँगै युवराज खत्री र सन्तोष यादव पनि समावेश रहेका छन्।   क्यानले पहिलो चरणमा ४९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो। क्यानले यी खेलाडीलाई निलो, हरियो, रातो र पहेँलो गरि चार समूहमा विभाजन गरेको छ। क्यानका अनुसार प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा खेलाडीबीच अभ्यास खेल सञ्चालन गरी अन्तिम टोली छनोट गरिनेछ। प्रशिक्षण र अभ्यास अप्रिल २६ देखि मे ३ तारिखसम्म मूलपानी मैदानमा…
Read More
जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नु पर्ने

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नु पर्ने

काठमाडौं- धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ। गाउँ कार्यपालिका कार्यालयले मंगलबार सूचना जारी गरेर उनीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी पढाउनुपर्ने निर्णय गरेको हो। ुगाउँ कार्यपालिकाको कार्यालयको मिति २०८२–०१–०७ गतेको १४०औं बैठकको निर्णयानुसार यस गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय भएको हुँदा सोहीअनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि आदेश अनुसार अनुरोध छ, विद्यालयकी वरिष्ठ…
Read More
कक्षा १२ को परीक्षा हुन नदिन शिक्षक महासंघले गर्‍यो यस्तो निर्णय

कक्षा १२ को परीक्षा हुन नदिन शिक्षक महासंघले गर्‍यो यस्तो निर्णय

काठमाडौं- नेपाल शिक्षक महासंघको बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ। यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले धम्की दिएर परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएकोमा महासंघले विरोध जनाएको छ। ुविगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक –कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार…
Read More
शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

  काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। प्रतिकूल स्वास्थ्य स्थितिका राजीनामा दिएको उनले बताएकी छन्। भट्टराई गत फागुनयता बिरामी थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी गत ११ फागुनमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। डाक्टरले आराम गर्न सुझाव दिए पनि उनी मन्त्रालयको नियमित काममा गइरहेकी थिइन्। उनको राजीनामालाई शिक्षक आन्दोलनसँग पनि जोडेर हेरिएको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित २० दिनदेखि शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा आन्दोलन चलिरहेको छ। नयाँ शैक्षिक सत्र सुरू भइसक्दा पनि शिक्षकहरूले आन्दोलन मोर्चा नछाडेपछि उनीमाथि दबाब बढेको थियो। यसअघि शिक्षा मन्त्रालयले वार्ताको कोसिस गरे पनि माग पूरा गर्ने सर्तमा मात्रै बस्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.