आज मितिः २०८३ आश्विन ७ गते

ब्रेकिङ न्यूज

प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलको निवेदन दर्ता

प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलको निवेदन दर्ता

  काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।     बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश…
Read More
ऐना हो म – द्रौपदी प्रधान

ऐना हो म – द्रौपदी प्रधान

ऐना हो म! मेरो के दोष ? हो म! ऐना !! सफा गरी हेर्यौ भने छवि देखाउने मेरो काम। म बाट देखीएको आफ्नै छविमा बिश्वास छैन भने मेरो के दोषरु बरू, आफ्नौमा मनचाहे परिवर्तनको प्रयास गर। जतापटी फर्कीएर हेर्छौ उतैको छाया म मा देख्छौ, दृष्टि भ्रमित हुन्छौ भने मेरो के दोष? बरू, पुन हेरी यथार्थको बोध गर। म पनी कसैबाट निर्मित वस्तु, आफुलाई नसुल्झाई ममा रीस फेर्छौ भने मेरो के दोषर? बरू, एकै छीन शान्त रही आफ्नो कमजोरी महसूस गर।
Read More
सुसेलीको मासिक कार्यक्रम सम्पन्न

सुसेलीको मासिक कार्यक्रम सम्पन्न

खगिन्द्रा खुसी/झापा - सुसेली साहित्यिक परिवार, मेचीनगरको आयोजनामा, काँकरभिट्टामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको सो कविगोष्ठीमा कार्यक्रममा कविहरु डिपि शर्मा, मोक्ष खतिवडा, मोहन पाठक, तोयालाल दाहाल, सिसा चौधरी ९थारु०, नमुना निरौला दाहाल, दमयन्ती गिरी, कनक कार्की, मदन अधिकारी, पुण्यप्रसाद खरेल, ज्ञानेन्द्र ढुङ्गाना, भूवन सुब्बासमेतले कविता वाचन गर्नुभएको थियो भने स्रष्टा कल्पना ओलीले समय सान्दर्भिक निबन्ध वाचन गरेर सुनाउनुभएको थियो । पत्रकार सन्तोष आचार्यले भने हालसालै पढ्दै गर्नुभएका दुई पुस्तक तीर्थ सिग्देलको ‘त्यो झापा’ तथा डा।नवराज केसीको ‘स्वस्पर्श’ बारे चर्चा गर्दै पठनसंस्कृतिलाई सम्बद्र्धन गर्ने बारे प्रस्टपार्नु भयो । यस्तै उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले…
Read More
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने- सबै दल चुनावका लागि तयार भइसके

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भने- सबै दल चुनावका लागि तयार भइसके

काठमाण्डौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै राजनीतिक दल चुनावका लागि तयार भइसकेका बताउनुभएको छ । आज नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री खरेलले अब चुनाव हुँदैन कि भन्ने आशङ्का गर्ने ठाउँ नरहेको बताउनुभयो । उहाँले चुनावका लागि राजनीतिक दलहरूको तर्फबाट वातावरण बनिसकेको र सरकारले पनि आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नतर्फ केन्द्रित भएको स्पष्ट पार्नुभयो । यस्तै मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीले नवयुवा आन्दोलनको मर्म र भावना अनुसार आफूलाई अघि बढाएको दाबीसमेत गर्नुभयो ।
Read More
टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा

टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा

काठमाण्डौ – आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । हिजो मुम्बईमा एक कार्यक्रमकाबीच समूह विभाजनसहित टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरिएको हो । नेपालले सबै खेल भारतको मुम्बईमा खेल्नेछ । नेपालको समूहमा २–२ पटकका विश्वकप विजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली रहेका छन् । नेपालले इंग्ल्यान्डसँग पहिलो खेल आउँदो माघ २५ गते अर्थात् फेब्रुअरी ८ तारिखमा खेल्नेछ । खेल मुम्बईको वान्खडे स्टेडियममा हुनेछ । यस्तै नेपालले फेब्रुअरी १२ तारिखमा इटालीसँग, फेब्रुअरी १५ तारिखमा वेस्ट इन्डिजसँग र फेब्रुअरी १७ तारिखमा बङगलादेशसँग खेल्नेछ । नेपालले इंग्ल्यान्डसँग अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक खेल्नेछ । यसअघि नेपालले भारत, पाकिस्तान, बङगलादेश,…
Read More
फेरी आकासियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

फेरी आकासियो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४७ हजार कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ। हिजो सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो। एक दिनपछि सुनमा रु पाँच हजार २०० र चाँदीमा रु ८५ को वृद्धि भएको छ।    
Read More
प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाले दल दर्ता गराए

प्रतिनिधिसभा चुनावका लागि एमाले र राप्रपाले दल दर्ता गराए

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमाले र राप्रपाले निर्वाचन आयोगमा दल दर्ता गराएको छ। आज एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्य र राप्रपाको तर्फबाट केदारबहादुर अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । आगामी फागुन २१ गते हुने उक्त आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ।
Read More
चितवनबाट फरार एक बन्दी झापामा पक्राउ

चितवनबाट फरार एक बन्दी झापामा पक्राउ

  चितवन-   जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन्।   पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो। सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए।   प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ। चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए। पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ।
Read More
आज एनपिएलमा लुम्बिनी र चितवन भिड्दै

आज एनपिएलमा लुम्बिनी र चितवन भिड्दै

काठमाडौं- यहाँ जारी नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ।     रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ।   पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।   गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।   गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ।
Read More
आजदेखि मुग्लिन-पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

आजदेखि मुग्लिन-पोखरा सडक १० दिनसम्म दैनिक ४ घण्टा बन्द हुने

चितवन- मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चारघण्टा बन्द हुने भएको छ। मुग्लिन–पोखरा राजमार्ग सुधार योजना अन्तर्गत पश्चिम खण्ड दैनिक चार घण्टा बन्द गरेर सडक स्तरोन्नती गर्न लागिएको सडक आयोजनाले जनाएको छ। यो सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण तथा आंशिक रूपमा बन्द गर्न लागिएको हो। आजदेखि दैनिक बिहान छ बजेदेखि आठ बजेसम्म र मध्याह्न १२ बजेदेखि दुई बजेसम्म सडकमा सवारी साधन रोकेर निर्माणको काम गर्न लागिएको योजना प्रमुख कृष्ण बहादुर कुँवरले जानकारी दिए। हाल मुग्लिन(पोखरा सडक खण्ड अन्तर्गत तनहुँको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकमा स्तरोन्नतिको काम भइरहेको छ। पोखराको विजयपुर पुलको ‘अपस्ट्रिम साइड’ मा दुई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.